Sunday, March 9, 2014

एमाले नेता पोखरेल भन्छन्- मन्त्री बन्न सभासद हुनैपर्छ भन्ने छैन

२५ फागुन, काठमाडौं । 
sankar-pokrel
नेकपा एमालेका सचिव शंकर पोखरेलले शासकीय स्वरुपबारे पार्टीको अवधारणा अनुसार नै सभासद नभएका व्यक्तिलाई मन्त्री बनाइएको बताएका छन् । सभासद नभएका व्यक्तिलाई मन्त्री बनाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा नेता पोखरेलले एमाले परम्परागत संसदीय प्रणालीको पक्षमा पैरबी गरेर संविधानसभामा नगएको बताए । एमालेले अगाडि सारेको ढाँचा सरकार सञ्चालनको सन्दर्भमा फरक छ भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले भने-’जुन पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पैरबी गरिरहेको छ 

र त्यो प्रधानमन्त्रीले आफूलाई काममा सहयोग गर्ने व्यक्ति एवं विशेषज्ञहरुलाई राखेर सरकार चलाओस् भन्ने अपेक्षा अन्तरगतको प्रणाली अघि सारेको छ, उसले संविधानसभामा नभएको व्यक्ति मन्त्री बनाउन हुँदैन भन्ने कुराको पैरबी गर्छ र ?’ एमाले सचिव पोखरेलले एक वर्षभित्र संविधान बनाउने बेलामा सभासदलाई राखेरै सरकार चलाउनुपर्छ भन्नु व्यवहारिक समेत नहुने बताए । उनले भने- ‘यसअर्थमा पनि हामीले संविधानसभाबाट मन्त्री छनोट गर्दा पनि प्रत्यक्षलाई प्राथमिकता दिने भन्ने नीति बनायौं । बाँकीको हकमा पार्टीको प्रतिनिधित्व गर्ने हिसाबले क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरेका छौं ।’ 

नयाँलाई प्राथमिकता दिँदा गोकर्ण विष्ट
परेनन् सफल उर्जामन्त्री भनिएका गोकर्ण विष्टलाई किन सरकारमा नपठाएको भन्ने अर्को प्रश्नमा पोखरेलले सरकारमा गएका सबै नेताहरु सक्षम भएको बताए । ‘म के ठान्छु भन्दा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने राधा ज्ञवाली पनि राजनीतिक आन्दोलनको अनुभवी व्यक्ति नै हो’ पोखरेलले भने- ‘उहाँले लोडसेडिङलाई कसरी कम गर्न सकिन्छ भनेर वर्कआउट गरिराख्नुभएको छ र उहाँ आफैंले पनि सार्वजनिक रुपमा म सबैले अनुभव हुने गरी केही काम गरेर देखाउँछु भन्नुभएको छ । यसको प्रतिक्षा गरौं भन्ने लाग्छ ।’ अनुभवी व्यक्तिको नेतृत्वमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिने पार्टी निर्णयअनुसार सरकारको अनुभवका हिसाबले वामदेव गौतमबाहेक सबै नयाँ सदस्यहरु पठाइएको पोखरेलले बताए 

No comments:

Post a Comment