Thursday, March 13, 2014

मलेसिया विमान सम्पर्कविच्छेद हुनु केही मिनेटअघिको सन्देश सार्वजनिक (अपडेट)

काठमाडौं, फाल्गुन २८ । पाँच दिनदेखि बेपत्ता रहेको मलेसियन एअरलाइन्सको विमान सम्पर्कविहीन हुनुभन्दा केही मिनेटअघिको सन्देश फेला परेको मलेसियाका अधिकारीहरुले बताएका छन् । उक्त विमानले बेपत्ता हुनुभन्दा केही मिनटअघि मलेसियन एअर कन्ट्रोललाई ‘सबै ठिक छ’ भन्ने रेडियो सन्देश दिएको अधिकारीहरुले खुलासा गरेका हुन् । मलेसिया र भियतनामी एअर स्पेसको सीमामा पुगेपछि मलेसियन एअर कन्ट्रोलले विमानको सम्पर्क भियतनामको हो ची मिन्ह् सहरको कन्ट्रोललाई हस्तान्तरण गरेको जानकारी समेत सार्वजनिक भएको छ । त्यसको केही मिनेटपछि नै विमानसँगको सम्पूर्ण सम्पर्कविच्छेद भएको थियो । यसअघि मलेसिया वायुसेनाका प्रमुखले हराइरहेको विमानले बाटो बदलेर पश्चितर्फ लागेको भन्ने खबर पुष्टि हुन नसकेको बताएका थिए । 
आफूलाई उदृत गर्दै विमानले दिशा बदलेको भन्ने खबरमा सत्यता नभएको उनले बताएका हुन् । यद्यपि, विमान फर्किएको हुनसक्ने पनि उनले बताएका छन् । यसअघिको खबरमा कोटा भारु भन्ने स्थानमाथिबाट विमानले बाटो परिवर्तन गरेर उचाइ घटाइ बायाँतर्फ मोडिएर मलाका स्ट्रेटमा छिरेको दाबी मलेसियाली सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका थिए । ‘स्ट्रेट अफ मलाका’ मलाया प्रायद्वीप र इन्डोनेसियाली टापु सुमात्राको बीचमा रहेको ८०५ किलोमिटरमा फैलिएको सामुद्रिक क्षेत्र हो । गत शनिबार २ सय ३९ जना यात्रु बोकेर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसिया एअरलाइन्सको विमानको खोजीमा सिंगै विश्वले ध्यान दिएपनि सुइँकोसम्म पाउन सकिएको छ्रन । (एजेन्सी) 

No comments:

Post a Comment