Tuesday, March 4, 2014

अशोक राईले राखे दश दलसँग एकता प्रस्ताव

२० फागुन, काठमाडौं । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले सामाजिक लोकतान्त्रिक पार्टीसहित साना १० पार्टी एकताको प्रस्ताव राखेको छ । एमाले परित्याग गरेपछि एउटै पार्टी गठनको प्रयास असफल भएपछि अशोक राई समूह र पासाङ शेर्पा अलग-अलग पार्टी बनाएका थिए । तर, माक्सवादलाई पार्टीको मूल सिद्धान्त बनाउने अशोक समूहको अडानपछि पासाङ शेर्पा, चैतन्य सुब्बालगायतले छुट्टै पार्टी बनाएका थिए । संघीय समाजवादीले पहिलो चरणमा सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टीलाई एकता वार्ताका लागि पत्र पठाएको छ । 

Ashok-rai

दोस्रो चरणमा थप पाँच पार्टीलाई पनि वार्ताको प्रस्ताव राख्ने उसको तयारी छ । ‘संविधानसभामा पहिचान विरोधी र सथास्थितिवादीहरुको बाहुल्यता भएकाले अब पहिचान पक्षधरहरु एक हुनुपर्छ भनेर एकता प्रस्ताव राखेका हौं’ महासचिव राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने-’पहिलो प्रयास एकताको हुन्छ । नभए मोर्चा बनाउन सकिन्छ ।’ पार्टी एकताबारे वार्ताका लागि संघीय समाजवादीले पार्टी अध्यक्ष अशोक राईको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली समेत बनाएको छ । सामाजिक लोकतान्त्रिक पार्टीको अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बाले पनि वार्ताको प्रस्ताव आएको भन्दै आफूहरु एकता विरोधी नभएको बताए । ‘हामीले यही देखेर नै चुनाव बहिस्कार गरेका थियौं । तर, उहाँहरु जानुभयो’ उनले भने-’जे भए पनि हामी वार्ता र सम्वादका लागि तयार छौं भनेर जवाफ पठाएका छौं ।

No comments:

Post a Comment