Monday, March 3, 2014

आर्थिक गतिविधि सन्तोषजन रहेको राष्ट्र बैंकको ठहर

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधानसभाको निर्वाचन भई राजनीतिक स्थिरता देखिएकाले मुलुकका आर्थिक सूचकांकहरुमा सन्तोषजनक सुधार आएको दाबी गरेको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा सुधार आएको छ भने शेयर बजारमा समेत वृद्धि भएको छ । राष्ट्रबैंकका गभर्नर डा. युवराज खतिवडाले सोमबार राजधानीमा आर्थिबक वर्ष ०७०/०७१को मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा सार्वजनिक गर्दै आर्थिक गतिविधिमा सन्तोषजनक सुधार देखिएको बताएका हुन् । ‘

dr yawraj 1

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मौदि्रक नीति सार्वजनिक भएयताको आर्थिक क्रियाकलाप सन्तोषजनक रहेको छ,’ खतिवडाद्वारा रार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा भनिएको छ,-’समयमै पूर्ण आकारको बजेट आएको, संविधानसभाधको चुनाव भई राजनीतिक गतिरोधमा सुधार देखिएको, मौसम अनुकूल भएकाले कृषिजन्य उत्पादन बढ्ने देखिएको र श्रम सम्बन्ध सुमधुर देखिएकाले चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको लक्षित आर्थिक वृद्धिदर हासिल हुन सक्ने देखिएको छ ।’ खतिवडाको समीक्षा प्रतिवेदना भनिएको छ,-’घरजग्गा कारोबारमा सुधार भएको छ, शेरय मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।’ 

तर, शेयर कारोबारको विस्तारले वित्तीय क्षेत्रमा पार्न सक्ने प्रभावप्रति राष्ट्र बैंक सतर्क रहेको खतिवडाले बताएका छन् । त्यसैगरी ८.० प्रतिशितको मुद्रा स्फिति दर केही बढ्न गई ८.५ प्रतिशत पुग्न सक्ने संशोधित अनुमान गरिएको खतिवडाले बताएका छन् । उच्च तरलताका कारण बैंकको ब्याजदर घट्दै गएको बताइएको छ । कतिपय क्षेत्रमा कर्जाको व्याजदर अपेक्षाकृत घट्न नसकेकाले कर्जा र निक्षेपवीचको भारित अन्तर ६.८५ प्रतिशत रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । विश्वको आर्थिक स्थिति अमेरिका र युरोपको आर्थिक मन्दीमा सुधार देखिने भएकाले विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत पुग्ने अन्तरराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै भारतको आर्थिक वृद्धिदर ४.४ बाट बढेर ५.४ पुग्ने बताइएको छ भने चीनको आर्थिक वृद्धिदर चाँहि ७.७ बाट संकुचन भई ७.५ पुग्ने मुद्रा कोषलाई उधृत गर्दै बताइएको छ । 

नेपालमका समग्र कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहेको खतिवडाले जनाएका छन् । लगानी मैत्री वातावरण हुने अनुमानका आधारमा थप सुधार हुने अनुमानसमेत गरिएको छ । धानको उत्पादन १२.० प्रतिशत र मकैको उत्पादनमा ९.८ प्रतिशतले बढेको खतिवडाद्वारा सार्वजनिक गरिएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment