Sunday, March 9, 2014

ॠतुले ३ दिनमा सिड्नीबाट ३३ लाख कमायो

Ritu
अष्ट्रेलियामा बनेको नयाँ नेपाली सिनेमा ॠतुले ३ दिनमा ३३ लाख रुपैयाको ग्रस कमाउन सफल भएको छ। पहिलो दिनमा पहिलो पटक नेपाली सिनेमा गोल्ड क्लासमा देखाइएको थियो भने दोस्रो दिन र तेस्रो दिन भने बिशेष सोहरु गरिएको थियो। सबै शोहरु हाउस फुल रहेका यी शोहरु बाट ॠतुले सिड्नीबाट राम्रो ब्यापार गर्न सफल भएको छ। शुक्रबार र शनिबारको दिन सयौं दर्सकहरुको ओहिरो लागेको थियो, शनिबार मात्र ७ दर्जन भन्दा बढी दर्सकहरुलाई सिट उपलब्ध गराउन नसक्दा दर्सकहरु फर्किनु परेको थियो। पहिले भने अनुसार १० मार्च, सोमबार मात्र शो बाँकी रहेको थियो, 

तर आयोजकहरु दर्सकहरुको बाक्लो उपस्थिती र राम्रो प्रतिकृयाले गर्दा सिड्नीमा ३-४ शो अझै थप्ने कुरा गर्दै छन। सिड्नी लगायत अष्ट्रेलियाका १८ बिभिन्न शहरहरुमा समेत देखाइन लागेको छ, एती धेरै ठाउँमा यस् अघी कुनै पनि नेपाली सिनेमा देखाइएको छैन। यसरी हेर्दा ॠतुले अष्ट्रेलिया बाट राम्रो ब्यापार गर्ने र नेपाली सिनेमालाई नयाँ बजारको परिचय पनि गराउने पक्का भएको छ। ॠतु अष्ट्रेलिया बाहेक २ दर्जन देशहरुमा प्रदर्सन समेत गरिने लक्ष्य राखिएको छ। अष्ट्रेलिया लगत्तै ॠतु जापान, अमेरिका, न्यू जिल्यान्ड, स्पेन, पोर्चुगलमा देखाइने छ र अरु देशहरुमा पनि प्रदर्सन हुन थाल्ने जानकारी यस् सिनेमाका निर्देशक मनोज अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment