काठमाडौं,फागुन २४–
विमानले का माउ क्षेत्र प्रबेश गर्ने वित्तिकै सम्पर्क गुमाएको थियो । विमानले हो चि मिन्ह सिटी ट्राफिक कन्ट्रोलसँग अन्तिम सम्पर्क गरेको थियो । बोइङ७७७–२००ले १३ देशका तीन जना बच्चा सहित २२७ जना यात्रु बोकेको थियो भने विमानको चालक दलका सदस्यको संख्या १२ थियो । बेपत्ता विमानको अहिले खोजी कार्य भइरहेको भियतनामी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले खबर लेखेको छ । मलेसिया, चीन र भियतनामको संयुक्त प्रयासमा खोजी कार्य भइरहेको भियतनामी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
No comments:
Post a Comment