त्यसैले पार्टीलाई नयाँ संरचना, नयाँ विचार, नयाँ शक्तिमा बदल्नुको विकल्प छैन’ भट्टराईले प्रचण्डलाई भनेका छन् ।
नयाँ शक्ति सम्भावना औल्याउँदै उनले प्रचण्डलाई भने-’नयाँ परिवेशअनुसार नयाँ शक्ति बनाएर जाने हिम्मत तपाईले नगर्ने हो भने जनताले नयाँ शक्ति बनाउँछन् ।’
एमाओवादी नेता भट्टराईले पछिल्लो समय नयाँशक्ति निर्माणको नारा अघि सार्दै आएका छन् । पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धीहरुलाई अगाडि बढाउन नयाँ शक्ति निर्माण आवश्यक भएको भट्टराईको भनाइ छ ।
हालै एक साप्ताहिक पत्रिकामा लामो लेख लेख्दै भट्टराईले त्यस्तो नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियामा हुन सक्ने चर्चा गरेका छन् । पहिलो, पार्टीहरुले आवश्यकता वोध गरेर आफूलाई रुपान्तरण गर्ने, सबै पार्टीभित्रबाट यो विचारलाई आत्मसाथ गर्नेहरु मिलेर नयाँ धु्रवीकरण गर्ने वा सबै प्रक्रियाभन्दा फरक ढंगले नयाँ नेतृत्वको जन्म हुन सक्ने उनको तर्क छ ।
नयाँ शक्ति बन्दा पूरानै मध्येबाट कसैले युगको आवश्यकताअनुसार रुपान्तरण पनि गर्न सक्ने वा ४० वर्ष आसपासका नेताहरु त्यसमा आउने भट्टराईको ठम्याइ छ ।
प्रचण्डले सम्झाए केन्द्रीय समितिको निर्णय
पार्टीका वरिष्ठ नेता भट्टराईको प्रस्ताव सुनेपछि प्रचण्डले भने केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गरेर अघि बढ्दा मात्रै नयाँ शक्ति निर्माण गर्न सकिने बताएका छन् ।
नयाँ शक्तिको खाँचो आल्याउँदै भट्टराईले पत्रपत्रिकामा प्रकाशित गरेको लेखतर्फ संकेत गर्दै प्रचण्डले केन्द्रीय कमिटीको निर्णय स्मरण गराएको स्रोतले बतायो ।
‘
केन्द्रीय समितिको निर्णय कार्यान्वयन गरेर अघि बढौं, केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्नु भनेको पार्टी विघटनतिर जानु हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ‘वैचारिक बहसमा भाग लिँदा पनि केन्द्रीय कमिटीको यही निर्णयको भावमा अघि बढ्नुपर्ने अध्यक्षले भट्टराईलाई सुझाव दिनुभएको छ ।’
प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चूडामणि खड्काले भने बिहीबार बस्ने केन्द्रीय कार्यालयको बैठकको तयारीका लागि दुई नेतावीच भेट भएको बताए । पार्टी अध्यक्ष र उपाध्यक्षवीचको भेटघाटलाई नियमित एवं सामान्यरुपमा लिइनुपर्ने उनले बताए ।
No comments:
Post a Comment