Sunday, March 2, 2014

एसिया कपमा भारत र पाकिस्तानको भिडन्त आज

१८ फागुन, काठमाडौं । एसिया कप क्रिकेटमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने हुँदैछन् । प्रतियोगितामा दुई खेल खेलेका दुबै टोलीले एकमा जित र एकमा हार व्यहोरेका छन् । पाकिस्तान श्रीलंकासँग १२ रनले पराजित भयो भने अफगानिस्तानलाई ७२ रनले हरायो, त्यो पनि एक बोनश अंकका साथमा । भारतले पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हरायो भने दोस्रो खेलमा श्रीलंकासँग २ विकेटले पराजित भएको छ । आजको भिडन्त प्रतियोगिताको सबैभन्दा रोमान्चक खेल हुन सक्नेछ । किनकी भारत र पाकिस्तानबीचको भिडन्त दुबै देशका लागि प्रतिष्ठाको विषय मात्र नभइ क्रिकेट फ्यानहरुका लागि पनि प्रतिक्षा गरिएका खेल हो हो । भारत र पाकिस्तान गत वर्ष इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफीमा भिडेका थिए । वर्षाका कारण प्रभावित खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियमका आधारमा ८ विकेटले पराजित गरेको थियो ।onlinekhabar

No comments:

Post a Comment