यसैगरी, दाइजोबापत आरोपितले लिएको नगद र गरगहनासहित रु १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिइन् । आरोपितसँग २०६७ जेठ १० गते सामाजिक परम्पराअनुसार विवाह गरेकी पीडित घरनिकालापछि भारत विहारको सुपौल जिल्लाको रतनपुरास्थित माइतको शरणमा बसेकी थिइन् ।
यसैबीच, अन्तर्जातीय प्रेमविवाह गरेकी सप्तरीकी एक थारु महिलाले उनका पति २३ वर्षीय सकलदेव राम चमारसँग नाता कायमका लागि बुधवार अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । मधुपट्टी गाविस-३ की २१ वर्षीया बन्दनादेवी चौधरी रामले नाबालक छोरा र आफ्नो हकमा समेत नाता कायम मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ । रासस
-
No comments:
Post a Comment