विश्वकपको पहिलो खेल, जित अनि म्यान अफ दि म्याचको तीन संयोजन भयो नि भन्ने अनलाइनखबरको अर्को प्रश्नमा उनले भने- ‘सपना नै थियो कि नेपालले विश्वकप खेल्न पाओस् । खेलाडीका रुपमा मैले खेल्न पाउँदा र त्यो म्याचमा मैले म्यान अफ दि म्याच पाउँदा जीवनको धेरै कुराहरु पाएँ जस्तो लागेको छ ।’ हरेक खेलका लागि मैदान प्रवेश गर्दा राम्रो प्रदर्शन गर्ने सोचाइ राख्ने भन्दै उनले आगामी खेलमा पनि यस्तै प्रदर्शन गर्न प्रयास गर्ने बताए ।
ज्ञानेन्द्र भन्छन्- टिमका लागि खेलिन्छ
नेपालका लागि ४८ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्लले विश्वकपमा यो स्कोर बनाउन पाउनु खुसीको कुरा भएको बताए । पछिल्लो दिनमा टी-२० मा ब्याटिङ नचलेको तर, विश्वकप नै कुरेको हो भन्ने प्रश्नमा उनले भने-त्यस्तो लाग्दैन । जहिले पनि टिमका लागि खेल्ने हो त्यो १० रन होस् कि २० रन होस् । यति हो कि मैले ठूलो स्कोर गरिरहेको थिएन । जहिले पनि २०, २५, ३० त्यति मात्र भइरहेको थियो । थ्यांक गड लक्किली वल्र्डकपमा आएर स्कोर गर्न पाउनु खुसीको कुरा नै हो
Monday, March 17, 2014
चटगाउँको मैदानमा शक्ति गौचनको ‘सेलिब्रेसन’ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment