Tuesday, March 4, 2014

टाइब्रेकरमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ

२० फागुन, काठमाडौं । एन्फा एकेडेमीको युथ टिमलाई टाइब्रेकरमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरामा मंगलबार भएको उद्घाटन खेलमा १-१ गोलको बराबरमिा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको छ । जसमा एन्फाको यू-१६ टोलीलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुग्यो । टाइब्रकेरमा राष्ट्रिय टोलीबाट समेत गोल गरिसकेका युवा स्ट्राइकर विमल घर्तीमगर गोल गर्न चुके । यू-१६ का कप्तान घर्तीसँगै अन्जन विष्टको प्रहार एपीएफका अमृत चौधरीले रोकेका थिए । अनिल राई र हेमन गुरुङले गोल गरे । 

एपीएफका लागि नविन लामा, जंगु शेर्पा, पाल्साङ लामा र राजेन्द्र रावलले गोल गरेका थिए । खेलमा अग्रता भने एन्फाको युथ टिमले लिएको थियो । खेलको १५ औं मिनेटमा अन्जन विष्टले हेमन्त थावपाको कर्नरमा हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यसअघि दोस्रो मिनेटमा एपीएफका सन्तोष श्रेष्ठले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । खेलको ३५ औं श्याम नेपालीको पासमा रन्जन विष्टले एपीएफका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा थप गोल नभएपछि खेलमा ३० मिनेट समय थपिएको थियो । १ सय १३ औं मिनेटमा विमलले राम्रो मौका खेर फालेपछि खेल बराबरीमा सकियो र खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

No comments:

Post a Comment