Sunday, March 9, 2014

४ सय नेपालीले मलेसिया आउँदा लागेको खर्च फिर्ता पाए

रामचन्द्र नेपाल 
२५ फागुन, क्वालालम्पुर । मलेसिया र खाडी मुलुकहरुमा श्रमका लागि जाने नेपाली कामदारले त्यहाँ जान लाखौं रुपैयाँ खर्च गर्नुपर्छ । म्यानपावर र दलालहरुलाई दिएको त्यही लाखौं रुपैयाँ कमाउन एउटा श्रमिकलाई झण्डै एक बर्ष बिदेशी भूमीमा पसिना चुहाउनुपर्छ । मलेसियाको एउटा कम्पनीले गरिव बिदेशी श्रमिकको यही ब्यथा बुझेर होला त्यहाँ जाँदा उनीहरुले खर्च गरेको रकम फिर्ता गरिदिएर उदाहरणीय र परोपकारी काम गरेको छ । 

क्वालालम्पुरवाट करिव एक घण्टा टाढा शाहआलमको सेक्सन १६मा रहेको पानासोनिक कप्पनीले आफ्ना करिव १ हजार श्रमिकलाई रकम फिर्ता दिएको हो । यसरी रकम फिर्ता पाउनेमा करिव ४ सय नेपालीहरु समेत रहेका छन । जसमध्ये नेपाली महिला श्रमिकको संख्या करिव ८५ रहेको छ । कम्पनीमा २००७ देखि २०१४ सम्म आएका श्रमिकहरुलाई आफुहरु आउँदा लागेको खर्च रकम सोधपुछ गरी र्फम भराएर फिर्ता दिईएको हो । जनवरीबाटै कम्पनीले एक र्फम भर्ने ब्यबस्था गरेर रकम फिर्ता लिने प्रकृया थाल्न श्रमिकलाई आग्रह गरेको थियो । जसअनुसार कम्पनीमा रहेका करिव १ हजार विदेशी श्रमिकले यस्तो र्फम भरेका थिए । 

सात वर्षदेखि सोहि कम्पनीमा कार्यरत चिन्तामणि त्रितालका अनुसार नेपाली श्रमिकहरुले ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म फिर्ता पाएका छन । ‘हामीले त यस्तो होला भनेर सपनामा पनि चिताएका थिएनौं’ पैसा फिर्ता पाएपछि दंग परेका त्रितालले अनलाइनखबरसँग भने । अर्का श्रमिक पवन खडकाले पनि ५० हजार रुपैयाँ भन्दा धेरै पाएको वताए । उनले थपेे-’नसोचेको काम कम्पनीले गरिदियो, सवै श्रमिकहरु दंग छन् ।’ वहुराष्ट्रिय कम्पनी पानासोनिकमा इलेक्ट्रोनिक सामानहरु उत्पादन हुन्छन् ।

No comments:

Post a Comment