Friday, March 7, 2014

एकैचोटि राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ- प्रचण्ड

२३ फागुन, काठमाडौं । 

parchanda  (4)

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभामा कांग्रेस र एमालेको एजेन्डामा झुकेर सम्झौता नगर्ने बताएका छन् । आफ्नो पार्टीले ‘सहमति’लाई भन्दा ‘एजेन्डा’लाई प्राथमिकता दिने प्रचण्डको भनाइ छ । जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, जनजातिका मुद्दाहरु, बाह्रबुँदे सहमति र शान्ति सम्झौताका एजेन्डालाई छाडेर कांग्रेस र एमालेले एक्लै अघि बढ्न खोजे आफूहरु राजीनामा दिएर संविधानसभा बाहिर आउन सक्ने प्रचण्डको भनाइ छ । दोस्रो संविधानसभापछि अब मुलुकमा संविधान निर्माण प्रक्रिया कसरी अगाडि बढ्छ र सहमतिका विन्दुहरु के-के हुन सक्छन् भन्नेबारे अनलाइनखबरले प्रचण्डसँग विस्तृत कुराकानी गरेको छ । यसक्रममा प्रचण्डले आफूहरुले अहिले जनवादी संविधान बनाउन नखोजेको र शासकीय स्वरुप एवं संघीयताको मुद्दामा पनि कुरा मिल्न सक्ने ठाउँ प्रशस्तै रहेको बताए । 

तर, कांग्रेस र एमालेले आफूले जितेको दम्भ लिएर बहुमतीय प्रक्रियाबाटै संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने प्रचण्डको स्पष्ट अभिव्यिक्त छ । विगत ०४७ सालमा एमालेले भनेजसरी त्यस्तो संविधानलाई ‘आलोचनात्मक समर्थन’ मात्रै गरेर नबस्ने उनले स्पष्ट पारेका छन् । यद्यपि कांग्रेस र एमाले अहिले सहमतिमै अघि बढ्न खोजिरहेकाले आफू आशावादी नै रहेको उनको भनाइ छ । राष्ट्रपति प्रकरणमा एमालेले बोली फेरेको आरोप राष्ट्रपतिको नयाँ चुनाव गर्नुपर्छ भन्ने विषयमा दुई दलवीच सहमति भएको तर एमालेले रातारात बोली फेरेको प्रचण्डको गुनासो छ । ‘मैले केपीजीलाई पनि भनेँ, तपाईहरुले सल्लाहै नगरी छोडिदिनुभयो,’ प्रचण्डले भने- ‘हामीचाहिँ बढी सोझो हुँदारहेछौं । तर, संसदवादी खेलाडीहरु तुरुन्ता तुरुन्तै १८० डिग्रीमा परिर्वतन हुने । उनीहरु परिर्वतन भएको कसैले नदेख्ने । हामीले परिस्थिति फेरिएपछि परिस्थिति फेरियो, अब यसरी जाने भनेपछि कुरा फेर्‍यो भनेर अस्थिरता भन्ने । कांग्रेस एमालेले छिनछिनमा कुरा फेरेको पनि नदेख्ने, के जात्रा हो यो ?

No comments:

Post a Comment