Sunday, March 9, 2014

मातृका यादवलाई पार्टीमा फर्काउन प्रचण्डको कसरत

काठमाडौ, फागुन २५ – 

पाँच वर्षअघि एकीकृत माओवादीबाट विद्रोही गरी बाहिरीएका नेकपा माओवादीका अध्यक्ष मातृका यादवलाई पार्टी एकीकरणका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेका छन् । कम्यूनिष्टहरु फुटेका कारण अधिकार प्राप्त गर्न ढिलो भएको भन्दै अध्यक्ष प्रचण्डले फागुनको पहिलो साता आफ्नै निवासमा बोलाएर एकताका लागि मातृकालाई आग्रह गरेका छन् । मातृका यादव निकट एक नेताका अनुसार अध्यक्ष प्रचण्डले सिरहा र जनकपुर गएको बेला नै मातृका यादवसँग भेट्ने चाहेका थिए तर उनले आफू घर बनाउनमा व्यस्त भएको कारण तत्कालै भेट्न नसकिने र काठमाडौं आएपछि मात्र भेट्ने अध्यक्ष प्रचण्डलाई जवाफ दिएका थिए । 

फागुन १ गते माओवादीको जनयुद्ध दिवस मनाउन काठमाडौ आएका मातृकाले प्रचण्डकै निवासमा गएर पार्टीको विषयमा छलफल गरेको स्रोतको दावी छ । पाँच वर्षअघि अलगभएपछि प्रचण्डसँग पहिलो पटक भएको भेटमा मातृकाले आफ्नो साथमा दुईजना साक्षि पनि लगेका थिए । साक्षीका रुपमा उनका साथमा मधेशका बद्धिजिवि तथा डाक्टर रामकेवल शाह थिए भने अर्को सविधानसभा चुनावताका पार्टीबाट बागी भएर रामचन्द्र झा विरुद्ध उम्मेदवारी दिएका श्रवण यादव थिए । चियापानसहित दुईघण्टा लामो भेटमा अध्यक्ष प्रचण्डले मातृका यादवलाई पार्टीमा आउन आग्रह गरेका थिए । ‘

अब एक्ला एक्लै लडेर सफलता हासिल गर्न सकिदैन त्यो कुरा पाँचवर्षमा तपाईले पनि थाहा पाईसक्नु भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब माओवादीबाट अलग भएर बसेका चारै समूह एक ठाउँमा आउनुपर्छ अनि मात्र हाम्रो उद्देश्य प्राप्त हुन्छ ।’ त्यसपछि मातृका यादवले तपाईले भनेको कुरा सही हो तर स्थिति अनुकुल अझै भएको छैन, जुन कारणले आफू अलग भएका थिए तीमध्ये कुनै कुरामा सुधार तथा परिवर्तन नभएको गुनासो गर्दै उनले प्रचण्डलाई भने, ‘जुन दिन मैले तपाईहरुमा सुधार भएको अनुभव गर्छु त्यो दिन तपाईले नभनेपनि म पार्टीमा फर्किन्छु । तर हाल यसै अवस्थामा पार्टीमा फर्किने कुरा आउँदैन ।’ 

matrika-prachanda

उनले एकता र एकीकरण होइन, मोर्चासम्म बनाएर अगाडि बढ्न सकिने सुझाव दिँदै एउटै पार्टीमा सँगै बसेर काम गर्न नसकिएपनि एउटै मोर्चामा बसेर काम गर्न सकिने सुझाव अध्यक्ष प्रचण्डलाई दिएका थिए । अध्यक्ष प्रचण्डले मातृकाको प्रस्ताव र सुझावलाई स्वीकार गर्दै मोर्चाबन्दीका लागि उनी तयारीमा जुटेका छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि तत्काल एकीकरण हुन नसकेपनि मोर्चाबन्दी गरेर जाने मनस्थितिमा अध्यक्ष प्रचण्ड पुगेको बताइन्छ । उनले मणी थापा नेतृत्वको माओवादीसँग पनि अनौपचारिक कुराकानी चलाएको स्रोतको दावी छ ।

No comments:

Post a Comment