आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ । विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थल कार्यालयको आकष्मिक बैठक बसिरहेको छ । बैठकपछि घटनाबारे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने बताइएको छ ।
शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो ।
विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाा इन्जिनमा आगो लागेपछि तत्कालै आकष्कि अवतरण गराउन सकेकाले ठूलो क्षति हुन पाएको थिएन ।
No comments:
Post a Comment