Monday, March 3, 2014

दिलशोभाले रुँदै सोधिन्- बालबच्चा कहाँ, कसरी राखिएको छ

१९ फागुन, काठमाडौं । अनुमति नलिई बालगृह सञ्चालन गरेको भन्दै छापा मारिएको आमाघरमा यसअघि केन्द्रीय बालकल्याण समिति स्वयंले बालबालिका संरक्षणका लागि पठाउने गरेको पाइएको छ । गत जेठ १७ गते बालकल्याण समिति मुगुको श्रीकोट गाविस-२ का खड्गबहादुर शाहीको छोरा ६ वर्षीय बलिराजलाई संरक्षणका लागि आमाको घरमा पठाएको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । अधिकृत रामबहादुर चन्दले हस्ताक्षर गरेको पत्रमा शाहीकी पत्नीको मृत्यु भएको र घरको आर्थिक अवस्था कमजोर भएको भन्दै लालनपालन र शिक्षा दीक्षासहित संरक्षण दिन आग्रह गरिएको छ । पत्रको बोधार्थ जिल्ला बालकल्याण समिति मुगु र काठमाडौंलाई बोधार्थ पठाइएको छ ।
 Bal-kalyan

Bal-kalyan ‘मैले दुःख पाएका बा-आमा र बालबालिकालाई माया दिएको हो’ दिलशोभाले अनलाइनखबरसँग भनिन्-’यदि मैले गैरकानूनी काम गरेको भए किन बालबालिका पठाएको होला ?’ त्यसो त डा. बाबुराम भट्टराई सरकारका पालामा बद्री न्यौपाने समाज कल्याणमन्त्री भएका बेला समाज कल्याण परिषद्ले दिलशोभालाई समाज सेवा पुरस्कारै प्रदान गरिएको थियो । उपराष्ट्रपतिको समेत हस्ताक्षर रहेको सम्मानपत्रमा निःसहाय ज्येष्ठ नागरिकहरु तथा असहाय बालबालिकाको संरक्षण, सम्मान र व्यवस्थापनमा योगदान पुर्‍याएवापत पुरस्कृत गरिएको उल्लेख छ । 

Dil-Shova-1

Dil-Shova-1 दिलशोभाका अनुसार आमाघरमा ५३ बालबालिका रहेकोमा ३७ जना सरकारले लगेको छ । ‘९ जना परोपरकारमा पढिरहेका छन् । ३ जना पोखरामा छन् । ३ जना सेन्ट जेभियरमा छन्’ उनले भनिन्-’मेरो माइतीको भाइले दिदी तपाईमात्र कति सेवा गर्नुहुन्छ भनेर एक जना लगेर भाञ्जा पालेको छ ।’ दुई जनालाई विदेश पठाएको भनिएको छ नि भन्ने प्रश्नमा दिलशोभाले भनिन्-’उनीहरु स्कलरसिपमा पढ्न गएका थिए । नेपाल आइसके । उनीहरु अहिले ठूला भइसकेे, नेपालमै छन् ।’ 

उनले आफ्नो आश्रमबाट कसैलाई पनि धर्मपुत्र धर्मपुत्रीका रुपमा विदेश नपठाएको समेत प्रष्ट पारेकी छिन् । दिलशोभालाई बच्चाको पढाइको चिन्ता अनलाइनखबरको टोली आमाघरमा पुग्दा दिलशोभा बालबालिकाको किताव कापी सुम्सुम्याइरहेकी थिइन् । ‘उनीहरुलाई कहाँ लगियो होला ? भेट्न पठाएको पनि भेट्न दिएनन्’ भक्कानिँदै उनले भनिन्-’उनीहरुको पढाइ के हुन्छ होला ? कसरी राखिएको छ होला ?’ ती केटाकेटीलाई हामीले सानो पाइलामा राखेको भेटायौं । तस्वीरसहितको समाचार छ भनेपछि दिलशोभाको मुहारमा एकाएक खुसी छायो । आमाघरका स्वयंमसेवक जिजेन शाहीले मोवाइलमा अनलाइनखबरले प्रकाशित गरेको तस्वीर देखाएपछि उनले तस्वीरलाई औंलाले देखाउँदै नाम भन्न थालिन् ।
 Dil-shova-2

Dil-shova-2 यो क्रममा उनी बारबार बच्चाहरुको पढाइ के हुन्छ ? मैले पाँच/छ वर्ष पालेर हुर्काएका बच्चाहरु के गरिरहेका होला भनेर प्रश्न सोधिरहिन् । दिलशोभाले भनिन्-’बच्चाहरुको किताब कापी देख्दा पनि मलाई उनीहरुकै यादले सताउँछ, लुगा देख्दा तिनकै याद आउँछ । उनीहरुको कोठामा पस्नै सकेकी छैन ।’ पछिल्लोपटक थप तीनजना केटाकेटी उठाएर लैजाँदा उनीहरु भक्कानिएर रोएको दृश्य सम्झँदै उनले आँशु खसालिन् । ‘बच्चाहरुलाई असल नागरिक बनाउँला भन्ने सोचेकी थिएँ ।’ 

उनले भनिन्, ‘उनीहहरुलाई सरकारले राम्रो गरोस्, ममाथि लागेको आरोपको उचित छानविन गरी मलाई न्यया दोओस् ।’ तर, अहिलेसम्म कसैले उनलाई छानविन र सोधखोज नगरेको उनले बताइन् । आफूलाई कतिपयले फोन गरेर माइतीघर मण्डलामा प्रदर्शन गर्न जाऔं, टायर बालौं भनेको सुनाउँदै उनले भनिन्- ‘मैले त्यस्तो केही गरेकी छैन, नेवारहरुले आन्दोलन गरौं भनेका छन्, तर मेरा लागि सबै मानव बराबर हुन् । म उमेर, जात र धर्मका आधारमा सबैलाई एउटै नजरले हेर्छु ।’ 

No comments:

Post a Comment