सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने–‘सबै वायुसेवाले चैत ३ बाट नयाँ भाडादरमा उडान गर्नेछन् ।’ लागत मूल्य भन्दा सस्तोमा जहाज उडाउन नसकिने भएकाले बाध्य भएर भाडा बढाउनु परेको थापाले बताए । वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाइ इन्धनमा खर्च हुने गरेको छ ।
कहाँ जान कति भाडा ?
नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको सिमरा पुग्न ३ हजार १ सय ४५ रुपैयाँ लाग्ने छ । सिमरा पुगन १५ मिनेट यात्रा गर्नुपर्छ । त्यस्तै काठमाडौंबाट सबैभन्दा टाढा रहेको धनगढी विमानस्थल पुग्न ११ हजार २ सय ९५ रुपैयाँ भाडा लाग्ने भएको छ । धनगढीसम्म पुग्न काठमाडौंबाट १ घन्टा २० मिनेट यात्रा गर्नुपर्छ ।
त्यस्तै वायुसेवाले माउन्टेन फ्लाइटलाई २ सय २५ रुपैयाँ, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैयाँ भाडा बढाउने निर्णय गरेको छ ।
नयाँ भाडादर अनुसार माउन्टेन्ड फ्लाइटका लागि अब यात्रुले १० हजार ६ सय ६०, पोखरा पुग्न ४ हजार ९ सय ७० तिर्नुपर्छ । त्यस्तै भैरहवाका लागि ६ हजार ८५, विराटनगरका लागि ६ हजार ८ सय ३५, नेपालगन्ज पुग्न ८ हजार ४ सय ३५, भद्रपुर पुग्न ७ हजार ७ सय ६५, तुम्लिङटार पुग्न ५ हजार ८०, जनकपुर पुग्न ४ हजार २ सय ५०, भरतपुर पुग्न ३ हजार ६ सय ७० र लुक्ला पुग्न ४ हजार ४ सय ४० रुपैयाँ तिर्नुपर्नेछ ।
No comments:
Post a Comment