Nepali Congress
तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको पाँचौ स्मृति दिवसको अवसर पारेर चैत ७ गते झापाको बिर्तामोडबाट सुरु हुने जागरण अभियान चैत ३० गते काठमाडौमा आएर समापन गरिने छ । अभियानका क्रममा प्रत्येक अञ्चलको प्रमुख शहरमा कार्यक्रम गरिने छ ।
जागरण अभियानबारे बिहीवार पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी प्रतिष्ठान प्रमुख एवम् उपसभापति पौडेलले समावेशीका लागि जनताको राय लिन अभियान सुरु गर्न लागेको बताए ।
कार्यक्रमलाई उपसभापति एवम् प्रतिष्ठान प्रमुख रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ३ जनाको सहभागिता रहनेछ । साथै यस अघिको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागिहरु तथा जिल्लास्थित प्रशिक्षण शाखा प्रमुखहरु आ-आफ्नो अञ्चलको कार्यक्रममा रहनेछन् ।
कार्यक्रमबाट तराई मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएको वर्ग क्षेत्रका स्थानीय, क्षेत्रीय र राष्ट्रिय मुद्धाहरु र तिनको वर्तमान अवस्थावारे थप छलफल गरी उपयुक्त संवोधनकालागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित गर्ने लक्ष्य प्रतिष्ठानको छ ।
संविधानको प्रमाणीकरण राष्ट्रपतिबाटै
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानको प्रमाणिकरण राष्ट्रपतिले नै गर्नु पर्ने वताएका छन् ।
मेची-महाकाली जागरण अभियानवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको प्रमाणिकरण राष्ट्र प्रमुखले नै गर्ने विश्वमा प्रचलित मान्यता रहेकाले संविधानको प्रमाणिकरण राष्ट्रपतिलै नै गर्नु पर्ने अडान दोहोर्याएका हुन् ।
संविधान प्रमाणीकरण राष्ट्रपति वा सभामुख कसले गर्ने भन्नेवारे सत्तारुढ दल कांग्रेस र एमालेवीच नै विवाद उत्पन्न हुँदै आएको छ ।
कांग्रेसले संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्नुपर्ने बताउँदै आएको छ । एमाले लगायतका दलहरुले सभामुखले नै प्रमाणीकरण गर्नुपर्ने र संविधानको सार्वजनीकरण राष्ट्रपतिबाट गराउनुपर्ने बताउँदै आएका छन् प्रतिष्ठानको जागरण अभियानको तालिका हेर्नुस्
No comments:
Post a Comment