यो खर्चप्रति डा. महतले असन्तुष्टि जनाएका हुन् ।
‘विनियोजित बजेट जेठभित्रै खर्च गर्नुहोस्, असारमा झारा टार्न खर्च गर्ने होइन’ गत शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ठूला परियोजनाको प्रगति समीक्षामा सचिवहरुलाई निर्देशन दिँदै उनले भने -’सरकारको खर्च वित्तीय र भौतिकरुपमा सफल हुनुपर्छ ।’
उनको निर्देशनअनुसार यो आर्थिक वर्षमा आयोजना निर्माणका लागि सरकारसँग काम गर्ने जम्मा १ सय दिनमात्रै छ । तर, खर्च गर्ने रकम भने ६७ अर्ब रुपैयाँ छ । सरकारसँग भएको रकम जेठभित्रै खर्च गर्न दैनिक ६७ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ ।
आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो वर्ष सरकारले ५.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
‘जुन देशमा सरकारले खर्च गर्न सक्दैन, त्यो देशको आर्थिक विकासले गति लिँदैन । तपाईहरुले पाएको बजेट किन खर्च नगर्नुभएको ? काम गर्न नसकेका परियोजनाको बजेट रकमान्तर गरेर काम गर्ने संस्थालाई दिनुहोस् ।’ मन्त्रालयहरुलाई महतको निर्देशन छ ।
सरकारले जति बढी खर्च गर्यो, त्यति नै बढी मुलुकको विकास र आर्थिक वृद्धिदर बढ्नेमा महत विश्वास गर्छन् । आफू भौतिक र वित्तीय रुपमा भएको कार्यप्रगतिमा मात्रै विश्वास गर्ने बताउँदै यो वर्षदेखि असारमा झारा टार्ने गरी गरिने खर्च रोक्न उनको निर्देशन छ ।
असारमा गरिने खर्चले जनता लाभान्वित नभएको महतको ठम्याइ छ ।आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष ०६३/०६४ मा ९८ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल भएको उदाहरण दिए । डा. महत अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०५४/०५५मा मुलुकले हालसम्मकै उच्च -७.७ प्रतिशत) आर्थिक वृद्धिदर हासिल गरेको थियो ।
आर्थिक वृद्धि मुलुकको पहिलो आवश्यकता भएकाले यसमा सम्झौता गर्न नहुने उनको भनाइ छ । ‘आर्थिक वृद्धिका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ, तपाईहरु उपयुक्त प्रस्ताव लिएर आउनुहोस्, म राजनीतिकरुपमा खर्च गर्ने वातावरण मिलाउन तयार छु’ सचिवहरुलाई निर्देशन दिँदै उनले -’यो सरकारको योजना गुणस्तरीय काममा बजेट खर्च गरी जनतालाई राहतको महशुस गराउनु हो
No comments:
Post a Comment