Thursday, March 6, 2014

संसदका कुर्सी खाली गरेर नकारात्मक इतिहास रचना गरेका छन्

२२ फागुन, काठमाडौं । संविधान बनाउन जनताबाट निर्वाचित भएका सभासदहरुले विहीबार व्यवस्थास्थापिका संसदका कुर्सी खाली गरेर नकारात्मक इतिहास रचना गरेका छन् । गणपूरक संख्या नपुगेर व्यवस्थापिका संसदको बैठक स्थगित गर्न बाध्य भएपछि विहीबार सभामुख सुवासचन्द्र नेम्वाङले बैठकस्थलबाटै भने- यो गम्भीर विषय हो । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सरकारले पेश गरेको सुपुर्दगी सन्धीसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकमाथि छलफल भइरहेका बेला गणपूरक संख्या नपुगेपछि वीचैमा बैठक स्थगित भएको हो । 

एमाओवादी सभासद रामनारायण विडारीले संसदमा उपस्थित सदस्यको संख्या कम रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख सुवास नेम्वाङले सभासदको गन्ती गर्न सचिवालयलाई निर्देशन दिए । सचिवालयका कर्मचारीले सभासदको टाउका गन्नुभन्दा पहिले सभामुख नेम्वाङको निर्देशनमा केहीबेर घण्टी बजाइयो । घन्टी बजेको सुनेपछि बाहिर घाम तापिरहेका केही सभासद संसदमा छिरे पनि संविधान र कानूनले तोकेको संख्या पुगेन । 

सभामुखको निर्देशनपति सचिवायलका कर्मचारीले उभिएर सभासदको गन्ती गरेका थिए । अन्तरिम संविधानको धारा ५३ अनुसार संसदमा कुनै पनि प्रस्ताव निणर्ायार्थ पेश हुँदा सदनको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ अर्थात १ सय ४३ सदस्यहरु अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ तर, विहीबार गन्ती गर्दा व्यवस्थापिका संसदभित्र १ सय २७ सभासद मात्रै उपस्थित भएको पाइयो । 

गणपुरक संख्या नपुगेपछि सभामुखले सरकारले पेश गरेको अध्यादेश महत्वपूर्ण भए पनि सभासदहरुको यस्तो अनुपस्थिति गम्भीर विषय भएको भन्दै ध्यानाकर्षण गराएका छन् । गणपुरक संख्या नपुगेको लज्जास्पद स्थिति आएपछि सभामुखले संसदको बैठक २७ गतेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् । सरकारले आफैं अध्यादेश पेश गरेको अवस्थामा कांग्रेसकै सभासदहरु पनि बैठकमा उपस्थित थिएनन् । 

संविधानसभाको चुनाव ससकिएको चार महिनामै बैठकप्रति सभासदहरुको अरुची एवं गैरजिम्मेवारी देखिन थालेको उदाहरण विहीबार संसदमा प्रष्टै देखिएको छ । अरु बेलामा पनि संसदको बैठक चलिरहेको बेला कतिपय सभासदहरु बाहिरपट्ट िघाम ताप्दै गफ चुटेर दिन कटाउने गरेका छन् । संसदमा दुई वकिलको जुहारी अध्यादेशमाथि छलफल चलिरहेका बेला सभासद रामनारयण विडारीले उठेर बोल्ने प्रयास गरे । 

त्यसबेला बिडारी संसदमा पछाडितिर फर्किन थालेपछि सभामुखले अगाडि फर्केर बोल्न रुलिङ गरे । तर, विडारीले संसदमा कति सभासद उपस्थित छन् भनेर हेरेका रहेछन् । कानुन व्यवसायीसमेत रहेका बिडारीले व्यवस्थापिका संसद नियमावली पढ्दै बैठकमा गणपुरक संख्या नपुगेको जिकिर गरे । तर, नियमावली पढ्दा समिति भन्ने शब्द किन छुटाएको भन्दै सभामुखले प्रश्न गरे । सभामुख नेम्वाङ पनि वकिल भएकाले दुई वकिलवीच संसदमा नियमावली र संविधान हातमा बोकेर बहस हुन थाल्यो । 

समिति भन्ने शब्द नपढेको सभामुखबाट आरोप आउनासाथ बिडारीले तत्कालै जवाफ फर्काए, ‘सभामुख ज्यु समितिको बैठकमा मात्रै होइन, व्यवस्थापिका संसदको बैठकमा पनि गणपूरकसम्बन्धी यही व्यवस्था लागू हुन्छ ।’ लगत्तै सभामुखले संविधान पल्टाउँदै धारा ५३ बाचन गरे । र, तत्कालै संसदमा उपस्थित सदस्यहरुको गन्ती गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए । सभासदको गणना गर्नुअघि विद्यालयमा जसरी केहीबेर घण्टी बजाएर सभासदहरुलाई भित्र बोलाइयो । तर, एकैछिनको सन्नाटापछि नतिजा आउँदा बिडारीले जिते, सभामुखले हारे onlinekhabar

No comments:

Post a Comment