Sunday, March 2, 2014

एसबिआई बैंक लिमिटेडले अनलाईन टिकट बुकिङ्ग सेवा उपलब्धी भएको बताए

१८ फागुन काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भारतीय रेलवे सेवाको अनलाईन टिकट बुकिङ्ग सेवा संचालनमा ल्याएको छ । नेपालका लागि भारतीय महामहिम राजदुत रञ्जित रेले काठमाण्डौमा आयोजित एक समारोहका बीच उक्त सेवाको विधिवत सुरुवात गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर माहाप्रसाद अधिकारी विषेश अतिथिकोरुपमा उपस्थित थिए । 

समारोहलाई सम्वोधन गर्दै राजदुत रेले हालैका वर्षहरुमा प्रविधिको क्षेत्र र खास गरी सूचना प्रविधिको क्षेत्रमा भएको विकासले समग्र विश्व समुदायको जीवन शैलीमा उल्लेख्य परिवर्तन ल्याएको धारणा प्रस्तुत गर्दै नेपाल एसबिआई बैंकको इन्टरनेट बैंकिङ्ग मार्फत नेपालबाटै भारतीय रेलवेको टिकट बुकिङ्ग सेवा उपलब्ध हुनु नेपाली समुदायको लागि एउटा ठूलो उपलब्धी भएको बताए । 

डेपुटी गर्भनर माहाप्रसाद अधिकारीले नेपालमा संस्थागत सुशासन सम्बन्धी उच्चतम अभ्यास तथा गुणस्तरीय बैंकिङ्ग सेवालाई सुनिश्चित गरी मुलुकको वितीय प्रणालीलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक प्रयासरत रहेको धारण व्यक्त गरे । 

कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष श्री हसना शर्माले केवल १९ रुपैयाँमा अधिकतम ६ यात्रुका लागि रेलको टिकट बुकिङ्ग गर्न सक्ने गरी सुलभ मूल्यमा सेवा सुरुवात गर्न बैंक सफल भएको धारणा व्यक्त गर्दै बैंकका ग्राहक मात्र नभई आम सर्वसाधारण समेत उक्त सेवावाट लाभान्वित हुने अपेक्षा व्यक्त गरे । हालसम्म बैंकका ६७,००० ग्राहकहरु बैंकको मोवाईल बैंकिङ्गमा आवद्ध भएका छन् । 

नेपालमै पहिलोपटक सुरुवात भएको बैंकको अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने सकिने यस सुविधाबाट अध्ययन, रोजगारी, व्यवसाय तथा धार्मिक यात्राको लागि भारत भ्रमणमा जान चाहने हजारौँ नेपाली लाभान्वित हुने बैंकको विश्वास छ ।

No comments:

Post a Comment