Monday, March 17, 2014

बंगलादेशलार्इ हामी हराउन सक्छौं : पारस खड्का

paras Khadka final३ चैत, चटगाउँ । नेपाली टोलीका कप्तान पारस खड्काले बंगलादेशको चुनौती सामना गर्न नेपाल तयार रहेको बताएका छन् । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली बंगलादेशको सामना गर्नेछ । चटगाउँमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कप्तान पारसले भने–‘यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’ रिजल्टबारे धेरै सोच्नुभन्दा पनि आफ्नो बलियो पक्षबारे ध्यान दिने भन्दै उनले भने–‘जसरी हामीले हिजो खेल्यौं, त्यो कन्फिडेन्ट र मुमेन्टमलाई क्यारी गर्नुपर्छ । यो पनि हैन कि हिजो जे भयो भोलि पनि त्यही हुन्छ । क्रिकेट हो ।’ नेपालको बलियो पक्ष के हो भन्ने प्रश्नमा उनले बलियो टोलीलाई हराउन बलिङ, व्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो गर्नु पर्ने बताए । 

हरेक खेल नयाँ सुरुवात हुने भन्दै उनले घरेलु टोली बंगलादेशविरुद्धको खेल जित्न सक्ने बताए । ‘तुलनात्मक रुपमा बंगलादेश राम्रो हो । तर, यो क्रिकेट हो, जे पनि हुनसक्छ’ निकै आत्मविश्वासका साथ प्रस्तुत भएका कप्तान पारसले भने–‘विश्वास राख्नुपर्छ । विश्वास छ कि हामी राम्रो गर्न सक्छौं । सबै खेलाडीले आफ्नोतर्फबाट पुस गर्दै गयो भने हामी जित्नपनि सक्छौं ।’ बंगलादेशको कप्तानले घरेलु मैदान भएपनि नेपाललाई फाइदा छ भनेका छन् भन्ने प्रश्नमा उनले भने–‘म आश गर्छु, त्यस्तो होस् । तर, उनीहरुले धेरै खेल खेलेका छन् । यो प्रतियोगिताको मात्र पहिलो खेल होला 

No comments:

Post a Comment