विश्वकपमा नेपालको पहिलो पाइला
२ चैत, काठमाडौं । नेपाली खेलकुदमा आज ऐतिहासिक दिन । आज नेपाली क्रिकेट टोलीले पहिलो पटक ट्वान्टी-ट्वान्टी विशवकप क्रिकेटमा सहभागी हुँदैछ । नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।प्रतियोगिता बंगलादेशको चटगाउँ स्थित जोहार अहमद चौधरी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ ।
समूह ‘ए’मा रहेको नेपालले हङकङसँगै चैत ४ गते साँझ सवा ७ बजे बंगदलादेशसँग र ६ गते अपरान्ह पौने ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङसँगको आजको खेलसँगै नेपालले विश्वकप खेल्ने टोलीका रुपमा आफूलाई चिनाउँने छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले यो अवसर नेपाललाई विश्वभरि चिनाउने अवसर भएकाले डटेर प्रतियोगितामा सहभागी हुने बताएका छन् । कसैलाई कजोर नआक्ने भन्दै पारसले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताए ।
हङकङ र नेपाल दुवै राष्ट्र पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका राष्ट्र हुन् । नेपालले गत नोभेम्बरमा युएईमा भएको खेलमा सहभागी भएर ट्वान्टी-ट्वान्टी विश्वकपको यात्रा पक्का गरेको थियो ।
समूहको शीर्ष स्थानमा पुग्ने टीम अर्को चरणको सुपर टेनमा पुग्नेछ ।
प्रतियोगिताको अनलाइनखबरले प्रत्यक्ष प्रशारण गर्नेछ
No comments:
Post a Comment