सो विमानमा चालक दल सहित २३९ व्यक्ती सवार थिए।
जोडतोड
क्लालम्पुरबाट बेइजिङतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्यमा भियतनामको समुद्रतटदेखि दक्षिणतिर दर्जनौ पानीजहाज र विमानहरु खटिएका छन्।
बीबीसीका जनाथन हेडका अनुसार त्यस क्षेत्रमा ४० भन्दा बढी पानीजहाज र ३४ वटा विमानहरु खोजी कार्यमा लागेका छन्।
“४० वटा पानी जहाज र ३४ वटा जति विमानहरु खोजी कार्यमा लागेका छन्, ती सबै विमान खसेको हुन सक्ने ठानिएको दक्षिण चीनियाँ सागर वरपर छन्।”
"४० वटा पानी जहाज र ३४ वटा जति विमानहरु खोजी कार्यमा लागेका छन्, ती सबै विमान खसेको हुन सक्ने ठानिएको दक्षिण चीनियाँ सागर वरपर छन्"
जनाथन हेड, सम्वाददाता, बीबीसी न्यूज
मलेसियन एअरलाइन्सको फ्लाइट एमएच-३७० विमान हराउनुको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन्।
पछिल्लो अनुसन्धान सो विमानमा चोरिको पासपोर्ट लिएर यात्रा गरिरहेका ठानिएका दुई यात्रुमा केन्द्रित रहेको बताइएको छ।
इटली र अस्ट्रियाका ती राहदानी थाइल्याण्डमा चोरिएका थिए।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले चांही पासपोर्ट चोरी र विमान हराएको विषयबीच अहिले नै सीधा सम्वन्ध स्थापित गर्ने बेला भइ नसकेको बताएको छ।
No comments:
Post a Comment