ज्ञानेन्द्र खड्का
१८ फागुन, काठमाडौं । चाबहिल चोकको फुटपाथमा फिँजाइएका पसल नजिकै बाँसका र्याक मिलाउँदै थिए, ललितपुरको गोदावरीका च्याङ्बा दाइ । उनीको टोपी, कालो ज्याकेट र नेपालमै बनेको चप्पल लाएका च्याङ्बा बाँसका र्याकको भारी मिलाउन मग्न थिए ।
च्याङ्बा दाइले र्याकको भारी मिलाउँदै गर्दा यो संवाददाताले उनीतिर क्यामेरा तेस्र्याउादा मुस्काउन थाले । ‘सर केका लागि फोटो खिच्न थाल्नुभयो, हामीजस्ता गरीखाने मान्छेको ?’ उनले पत्रकारलाई प्रश्न तेस्र्याए ।
लामा परिवारले घरैलाई सानोतिनो घरेलु उद्योग बनाएको छ ।
च्याङ्बा दाइका बुबाले बेतबाँस र निगालोबाट यस्ता सामान बनाउन सुरु गरेका थिए । ‘मैले बुबासाग संगत गर्दागर्दा यो काम सिकेको हुा, बेतबाँस र निगालो पाइन छोडे, पाइए पनि महंगो पर्छ’, च्याङ्बा दाइले सुनाए, ‘तामा बाँस भक्तपुर, ललितपु र काभ्रेमा प्रशस्त पाइने भएकाले हामीले यसैबाट र्याकसहितका सामान बनाउन थालेका हौं ।’
च्याङ्बा दाइको काम बाँस खोजेर ल्याउने र त्यसबाट तयार भएका सामग्री काठमाडौंका गल्ली-गल्लीमा डुलेर बिक्री गर्ने हो ।
उनको अर्को काम हो, बाजेदेखि नाति नातिनाले बनाएका बाँसका र्याक बेच्न बजारसम्म लैजानु ।
यही व्यवसायबाट च्याङ्बा दाइको तीनपुस्ताको परिवार मजाले चलेको छ । तीनजना छोराछोरीलाई कलेजमा पढाउन सकेका छन् । ‘यही कामबाट मीठो मसिनो खान समस्या छैन, यसैबाट हाम्रो परिवार सुखका साथ चलेको छ, तीनजना छोराछोरीलाई कलेजमा पढाएको छु’, च्याङ्बा दाइले भने, ‘आफूले पढन् नसके पनि छोराछोरीलाई भने सकेसम्म धेरै पढाउने इच्छा छ ।’
Chyangba Lama 1एक सय २० रुपैयाँदेखि डेढ सयसम्म पर्ने एउटा तामा बाँसबाट लामा परिवारले ६ वटा सम्म र्याक बनाउने गरेको छ । बाँसको पाता, उत्तीस या सल्लाको काठ, र काँटी प्रयोग गरेर बनाइने र्याकलाई रंगरोगन गरेर चिटिक्क पारेपछि डेढ सयदेखि दुई सय रुपैयाँमा बिक्रीका लागि तयार हुन्छ ।
लामा परिवारले बनाउने र्याकमा किताव, सानातिना भाँडा, लुगा र जुत्ता चप्पल मज्जाले राख्न सकिन्छ । ‘स्टिलको र्याक किन्न नसक्ने परिवार र विद्यार्थीहरुले खोजीखोजी किन्ने गरेका छन्’, च्याङ्बा दाइले मुस्काउादै सुनाए, ‘काठमाडौंका सडकमा डुलेर बेच्दा एउटा र्याक दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ, एक ठाउँ राखिने हुनाले कम्तिमा ५ वर्ष त पक्का टिक्छ ।’
धातुबाट बनेका सामानले धनी परिवारका किचेन रुम भरिए पनि थोरै कमाइ हुने र गरिखाने कोठा र किचेनमा बाँसका र्याकको माग कम छैन । च्याङ्बा दाइले बनाएका र्याक धेरै पसलले ठेक्कामा लिने गरेका छन् ।
पसलले ठेक्कामा नलिए उनी आफैं बेच्दै हिाड्छन् । ‘पसलले ठेक्का नलिएका बेला म आफैं बेच्दै हिाड्छु’, च्याङ्बा दाइले भने, ‘बेच्दै जाँदा चक्रपथ, कपन, चाबहिल, बौद्द, जोरपाटी, सुन्दरीजल र साँखुसम्म पुग्छु ।’
मासिक कमाइ
२० वटा र्याकको एक भारी बनाएर बेच्न हिाड्दा च्याङ्बा दाइलाई तीन दिन लाग्छ । उनले एक महिनामा सरदर सयवटा र्याक बेच्ने गरेका छन् । सरदर एक सय ८० रुपैयाँका दरले बेच्दा पनि लामा परिवारको घरमा मासिक १८ हजार रुपैयाँ भित्रन्छ ।
‘
मासिक सरदर २० हजारसम्म कमाइ हुन्छ, सबै खर्च कटाउँदा पनि १० हजार रुपैयाँ नाफा निकाल्न सकेको छु, नाफा बचत हुन नसके पनि तीनजना छोराछोरीलाई पढाउन सकेको छु’, च्याङ्बा दाइले भने, ‘परिवार पाल्न अन्त भौंतारिनुपरेको छैन, यही पेशाले जीविका चलेकाले अरु रोजगारी र विदेश जाने सपना पनि देखिएन ।’
पुस्ता हस्तान्तरण
बुबाबाट सिकेको सीप च्याङ्बा दाइले आफ्ना छोराछोरीलाई पनि सिकाएका छन् । आफूले पढ्न नपाएको पछुतो अहिले पनि उनलाई छ । ‘मैले पढ्न पाइन, छोराछोरीलाई भने सकेसम्म पढाएर पछुताउने मौका दिन्न’, च्याङ्बा दाइले भने, ‘ठूलो सपना छैन, अहिले गरेको काम राम्ररी चलेर भोकै बस्न नपरेहुन्थ्यो ।
No comments:
Post a Comment