नेपाली टोलीको स्वागतका लागि नेपाली जर्सीमा विमानस्थल पुगेका समर्थकहरूले राष्ट्रिय झण्डाका साथ उपस्थित थिए । बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा हङकङसँगको पहिलो खेलमा सानदार जित दर्ता गरेको नेपालले आयोजक बंगदादेशसँग भने सम्मानजनक हार बेहोरेको थियो । त्यस्तै बिहीबार अफगानिस्तानसँग भएको खेलमा पनि नेपालले सानदार प्रदर्शन गर्दै जीत दर्ता गराएको थियो ।
बंगलादेशसँग बराबरी अंक बनाएपनि नेपाली टोली रनरेटका आधारले अघिल्लो चरणमा भने प्रवेश गर्न पाएन । टोलीलाई नेपाल क्रिकेट संघले भव्य स्वागत गर्ने तयारी गरेको छ । संघले आज नगर परिक्रमा गराउने र अन्य स्वागतका कार्यक्रम विस्तारै तय गर्ने योजना बनाएको छ
Saturday, March 22, 2014
यसरी स्वागत गरियो नेपाली क्रिकेट टिमलार्इ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment