Sunday, March 9, 2014

अब राहदानी लिन लाइन बस्नु नपर्ने

काठमाडौं,पुस २३ – राहदानी लिन अब लाममा बस्नुपर्ने छैन् । राहदानी विभागले गर्न लागेको नयाँ व्यवस्थाअनुसार अनलाइनबाटै समय लिएर फारम बुझाउने अनि राहदानी लिने मिति र सयम लिनुपर्नेछ । विभागले राहदानीका लागि आवेदन फारम बुझाउन ‘अनलाइन’ बाट समय लिनुपर्ने व्यवस्था एक महिनाभित्रै गर्न लागेको आजको अन्नपुर्ण पोष्टमा खबर छ । राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अनलाइनबाट फारम भरेर बुझाउन मिति र समय लिनुपर्नेछ । ‘यस्तो व्यवस्था भएपछि नागरिकले राहदानी फारम बुझाउन र लिन लाममा बस्नुपर्ने छैन्,’ उनले भने, ‘यो योजना माघ भित्रैमा लागू हुनेछ ।’ अनलाइनबाट समय लिएपछि मात्र विभागमा गएर फारम बुझाउन सकिनेछ । 

फारम बुझाएपछि विभागले तोकेको दिन र समयमा राहदानी प्रदान गर्नेछ । नयाँ व्यवस्था लागू भएपछि विभागमा अहिले राहदानीका लागि फारम बुझाउन र लिन लाग्ने गरेको भीड अन्त्य हुनेछ । राहदानीका लागि विभागमा फारम बुझाउन दिनहुँ नौ हजारभन्दा बढी लाम लाग्ने गरेको छ । तर, दैनिक बढीमा ४ हजार मात्र फारम बुझ्ने गरिएको छ । यो अघिल्लो साताको अभिलेख हो । खनालले भने, ‘भीड कम गर्न र सेवाग्राहीलाई सुविधा होस् भनेर अनलाइनबाट समय लिएर फारम बुझाउने व्यवस्था गर्न लागिएको हो । यसका लागि प्रक्रिया अघि बढिसकेको छ । कार्यान्वयनमा जान मन्त्रालयको निर्देशन कुरिरहेका छौं 

No comments:

Post a Comment