Sunday, March 30, 2014

लोकगायिका मञ्जुको निधन

काठमाडौ, चैत्र १५ - लोकगायिका मञ्जु महतको शनिबार निधन भएको छ । बिहीबार उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । रेकर्डिङका लागि जमलस्थित मालश्री स्टुडियो जाँदा उनी सवार स्कुटर ठमेलको गल्कोपाखामा दुई माइक्रो बसको चेपुवामा परेर दुर्घटना भएको थियो । ग्रान्डी अस्पतालको सघनकक्षमा उपचाररत उनको अपराह्न ४ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो । 

कास्की भरतपोखरीकी मञ्जुका पति र डेढ वर्षकी छोरी छन् । युवापुस्तामा लोकगीत चर्चित बनाउन मञ्जु प्रभावशाली थिइन् । विदेशी स्टेज शोमा पनि दर्शकले रुचाउँथे । पशुपति शर्मासँग गाएको युगल गीत 'सोह्र दुना आठ' ले उनलाई उचाइ दिलाएको थियो । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पढ्दैदेखि गाउन थालेकी मञ्जु २०६१ मा भएको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम बनेकी थिइन्

Sunday, March 23, 2014

सटरबाट सडकमा पुगिन् केशरमाया

kesharmaya-2९ चैत, काठमाडौं । सुन्दर भविष्यको सपना देख्ने रहर कसलाई पो हुँदैन र ? सुखसयलमा बस्ने, ऐस आराम गर्ने र मीठो निद्रासहित पलङमा सुत्ने सपना देख्ने नेपाली अझै लाखौं छन् । रात दिन मेहनेत गर्दा पनि दुईछाक टार्न हम्मेहम्मे पर्ने नेपालीहरु अहिले पनि देशका कुना काप्चादेखि राजधानीका गल्लीमा पनि भौतारिइरहेका भेटिन्छन् । उनको नाम हो, केशरमाया खड्का । उमेरले ५० काटेर कपाल फुल्न थालेको छ । 

१५ वर्षअघि वैवाहिक बन्धनमा बाँधिदा केशरमायाले पनि अन्य नेपाली चेलीजस्तै सुन्दर भविष्यको कल्पना गरेकी थिइन् । झापाको ग्रामीण बस्तीमा हुर्केकी उनले खासै ठूला सपना देखेकी थिइनन् । देखेकी थिइन् त केबल, बुढेसकालसम्म पतिको न्यानो माया पाइयोस्, पति-पत्नी मिलेर छोराछोरी हुर्काउन सकियोस् । र, सोचेकी थिइन्, छोछाछोरीलाई बिरालाले च्यापेझैं डेरा सारिरहनु नपरोस् । आकाशका जुनतारा छल्ने एउटा छाप्रो होस्, जहाँ हिउँदे शीत र वर्षे झरी छलेर छोराछोरीलाई न्यानो माया दिन सकियोस् । 

झापाको दमकका बीरबहादुर खड्कासँग लगनगाँठो कसेपछि १५ वर्षअघि सपनाको सहर काठमाडौं छिरेकी थिइन्, केशरमाया । माइतीको समेत साथ पाएपछि पति-पत्नी मिलेर उनीहरुले राजधानीमा जीन्दगीको रथ दौडाउन थालेका थिए । काठमाडौं छिरेपछि उनीहरुले काठमाडौंलाई आफूहरुले सोचेजस्तो सजिलो पाएनन् । गाउँमा हुँदा साँचेका धेरै सपना काठमाडौं सहरले तुहाइदियो । तर, पनि दुबैले हिम्मत हारेनन् । काठमाडौंको जडिबुटीमा किराना पसल थालेपछि जीवनको रथ गुडाउन केही सहज भएको थियो । 

एकबाट दुई भएर काठमाडौ छिरेका उनीहरु केही वर्षमै दुईबाट चार भए । पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी जन्मेपछि जडिबुटीमा लिइएको सानो कोठामा ठूलो खुसी प्रवेश भयो । जति कमाए पनि बचत गर्न नसक्ने काठमाडौं सहरमा उनीहरुलाई किराना पसलबाट दुःखसुख गुजारा चलाउन समस्या थिएन । पति बीरबहादुरले आफूले जानेको काम भ्याएसम्म गरिरहेकै थिए । दुईबाट चार भएका उनीहरुलाई खर्च बढेपनि भोकभोकै बस्नुपर्ने अवस्था भने थिएन । दुःख सुखबीच हुर्काएका छोराछोरीको शिक्षादीक्षाको दायित्व पूरा गर्नुपर्ने बाध्यता छँदैथियो । 

इष्टमित्रमाझ राम्रै छाप छोडेका बीरबहादुरले छोरालाई कोटेश्वरस्थित हिमायल बोर्डिङमा भर्ना गरिदिए भने छोरीलाई झापामै राखेका थिए । काठमाडौं छिरेको १३ वर्षमा केशरमायाले साँचेका सपना पूरा हुन अझै बाँकी थिए । टुट्दै फुट्दै गरेका सपनालाई संगाल्दै राखेकी उनमा काठमाडौंका डाँडापाखामा भएपनि एउटा छाप्रो हाल्ने सपना बाँकी नै थियो । ‘एकले थुकी सुकी, सयले थुकी नदी’ भनेझैं उनलेे रातदिनको मेहनेतबाट जोरजाम गरेको पैसाले छाप्रोको सपना विपना बन्ने आशाको दियो बाल्न थालिसकेकी थिइन् । 

यसरी भयो सपनामा बज्रपात 
kesharmaya-1पति बीरबहादुरसँगको जीवनयात्रालाई अघि बढाइरहेको अवस्थामा ०६८ साल केशरमायाका लागि कालो वर्ष बन्न पुग्यो । हेर्दा खाइलाग्दा र हट्टाकट्टा देखिने पति एककाएक थला परे । त्यसअघि सानोतिनो विरामले ओछ्यान नपर्ने बीरबहादुर ५३ वर्षको उमेरमा आइपुग्दा नराम्ररी ओछ्यान परे ।
एकाएक सिकिस्त बनेका पतिलाई केशरमायाले ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा पुर्‍याइन् । ठूलो रोग नलागेको आशमा निको पारेर पतिलाई घर फर्काउन अस्पताल पुर्‍याएकी केशरमाया डाक्टरको कुरा सुनेर काँचको चुरा फुटे झैं फुट्न पुगिन् । डाक्टरले पतिको सबै शरीर चेकजाँच गरेपछि दुबै मृगौलाले काम गर्न छोडेकाले मृगौलाको उपचार गर्नुपर्ने सुझाए । 

डाक्टरको कुरा सुनेर आधामरो भएकी केशरमायाले पतिलाई बचाउन काठमाडौंमा छाप्रो हाल्न साँचेको पैसाको कन्तुर फोर्नुपर्ने भयो । दुबै मृगौलाले काम नगर्ने पक्का भएपछि पतिलाई अस्पतालमै राखेर डाइलासिस गर्नुपर्ने भयो । कन्तुरमा राखेको दुई लाख र नातागोताले दिएको एक लाख रुपैयाँ पतिको मृगौला डाइलासिस गर्दै सकियो । पति थलापरेसँगै केशरमायाका आधा सपना पनि भाँचिइसकेका थिए । 

मृगौलाले काम गर्न नसक्ने भएपछि उपचार खर्च लाखौं लाग्ने सुनेकी उनले पशुपतिनाथलाई पुर्कादै पतिको स्वास्थ्यलाभको कामना गरिरहिन् । भएभरको जायजेथा पतिको उपचारमा सिध्याएपछि केशरमायाले पनि हार मानिन् । एकातिर दुई दुईजना छोराछोरीको सिंगो भविष्य पहाडझैँ ठिङ्ग उभिएको छ भने अर्कातिर पतिले जीवनको भिख मागिरहेका छन् । केशरमाया भने सयौं चोट खाएर लडेको रुख झैं भएकी छन् । पतिको मृगौलाको उपचारका लागि डाइलासिस गर्दा गर्दै सबै सम्पत्ति सकेपछि उनीसँग भगवान पुकार्नेबाहेक अर्को विकल्प थिएन । 

सरकारी सहयोग नाममात्रको 
मृगौलाको उपचारका लागि सरकारले सहयोग गर्ने सुनेकी केशरमाया झापाको दमकबाट नगरपालिकाको सिफारिस ल्याएर स्वास्थ्य मन्त्रालयमा पुगिन् । स्वास्थ्य मन्त्रालयबाट एक सरकारी अस्पतालमा सिफारिस गरेपछि सहुलियतमा उपचार पाउने आशले पुगेकी उनलाई दैलोमा नपुग्दै ठेस लाग्यो । 

सबै कागजपत्र लिएर अस्पताल पुगें, तर अस्पतालले तीन वर्षपछि मात्र पालो आउँछ भनेर फर्कायो’, केशरमायाले भनिन्, ‘अस्पतालले तीन वर्षपछि पालो आउँछ भनेको ६ महिनापछि मेरा पतिले संसार छोडेर जानुभयो ।’ गरिब तथा निम्नवर्गीय परिवारका सदस्यको मृगौला उपचारका लागि सरकारले तीन लाखसम्म सहुलियत दिने सुनेकी केशरमायालाई त्यो सहयोग देखाउने दाँत जस्तोमात्र लाग्छ । 

सरकारले सहयोग देको भए मेरा पति एक दुई वर्ष अरु बाँच्थे कि’, केशरमायाले सुनाइन्, ‘ढिलोछिटो त जानैपर्छ तर मेरा पतिले उपचार नपाई मर्दा भने गरिब भएर जन्मनुजस्तो धिक्कार केही रहेनछ ।’ मृगौला काम नलाग्ने भएको एक वर्षमै पतिले संसार छोडेर गएपछि दुबै छोरछोरीको जिम्मा उनको काँधमा आयो । हिमालय बोर्डिङमा पढ्दै गरेका छोराको शुल्क उनले रोइकाराई गरेर छुट गराएकी छन् । यो वर्ष उनका छोराले एसएसली दिँदैछन् भने छोरीले पढेकी छैनन् । पतिसँग देखेका सपना केशरमाया अहिले छोराछोरीमा देख्न थालेकी छन् । 

सटरबाट सडकमा 
पति जीवित हुन्जेल जडिबुटीमा सटर खोलेर व्यापार गरिरहेकी केशरमाया अहिले तीनकुनेस्थित बैदेशिक रोजगार विभाग अगाडि भेटिन्छिन् । घामपानी नछल्ने त्रिपाल मुनि भत्किसकेको एउटा थोत्रे दराजमा उनले चियादेखि पानीपुरी र चटपटेसम्म बेच्न राखेकी छन् । श्रम स्वीकृतिका लागि विदेश जाने युवाहरु देश छाड्ने चिन्ताले पिरोलिइएका हुन्छन् भने उनीचाँहि छोराछोरीको भविष्य सम्झेर अत्तालिन्छिन् । ‘यहाँ दिनमा एक दुईसय मरितरी कमाइ हुन्छ, यतिले भए पनि छोराछोरीको पेट भर्नैपर्‍यो’, केशरमायाले भनिन्, ‘यहाँ आएर चिया, चटपटे बेचिएन भने सबैजना भोकै परिन्छ ।’ 

केशरमायाको दैनिकी 
केशरमाया बिहान ६ बजे नै वैदेशिक रोजगार विभाग अगाडिको वागमती पूल नजिकै आइपुग्छिन् । कोठा र्फकने बेला कहिलेकाहीँ साँझको ७ बज्छ । बिहानै कोठा छाडेर हिँड्ने भएकाले छोराछोरी आफैंले खाना पकाउने गरेका छन् । ’सधैं आँसुमा डुबेर नसकिने रहेछ, पति गए पनि छोराछोरीको भविष्य बनाउन लागेकी छु’, केशरमायाले भनिन्, ‘पति हुँदासम्म सटर लिएर बसेकी थिएँ, अहिले सडकमा बसेर भए पनि जीवन धान्दैछु ।’ पतिको निधन भएपछि पत्नीले सेतो लुगा लगाएर शोकमै जीवन बिताउनुपर्ने कुरालाई नकार्दै केशरमायाले पतिको वाषिर्की सकेपछि सेतो पहिरन फ्यालिन् । 

रातो चुरा र लुगा सबैले लाउन थालेपछि मैले पनि लाउन थालेकी हुँ’ केशरमायाले भनिन्, ‘छोराछोरीका लागि आफैंले अहिले पतिको भूमिका निभाइरहेकी छु, सेतो लुगा लगाएर बस्ने हो भने म यसरी सडकसम्म निस्कन सक्ने थिइन ।’ एउटा भत्किसकेको थोत्रे दराजलाई आफूसँगै छोराछोरीको सपना पूरा गर्ने माध्यम बनाएकी केशरमाया अहिले अनुहारमा हाँसो फर्काउने कोशिसमा छिन् । ‘अहिलेसम्म त हिम्मत हारेकी छैन, भोलि के हुन्छ ?’ उनले भनिन्, ‘गरिबले भोकभोकै र रोग लागेपछि उपचार नपाई मर्नुपर्ने यो समाजमा छोराछोरीलाई हरेक कुरामा सक्षम बनाएर मात्रै विदा लिन्छु 

Saturday, March 22, 2014

यसरी स्वागत गरियो नेपाली क्रिकेट टिमलार्इ

cricket team on gadi and Flag७ चैत, काठमाडौं । ट्वान्टी २० विश्वकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । शुक्रवार दिउँसो २ बजेपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री परषोत्तम पौडेलदेखि क्रिकेटका फ्यानहरूले भव्य स्वागत गरे । नेपाली टोलीको स्वागतमा राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङ, क्यानका अन्य पदाधिकारीहरू, पूर्व क्रिकेट खेलाडीहरू लगायत समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । 
Parash Khadaka Thums up
नेपाली टोलीको स्वागतका लागि नेपाली जर्सीमा विमानस्थल पुगेका समर्थकहरूले राष्ट्रिय झण्डाका साथ उपस्थित थिए । बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा हङकङसँगको पहिलो खेलमा सानदार जित दर्ता गरेको नेपालले आयोजक बंगदादेशसँग भने सम्मानजनक हार बेहोरेको थियो । त्यस्तै बिहीबार अफगानिस्तानसँग भएको खेलमा पनि नेपालले सानदार प्रदर्शन गर्दै जीत दर्ता गराएको थियो । बंगलादेशसँग बराबरी अंक बनाएपनि नेपाली टोली रनरेटका आधारले अघिल्लो चरणमा भने प्रवेश गर्न पाएन । टोलीलाई नेपाल क्रिकेट संघले भव्य स्वागत गर्ने तयारी गरेको छ । संघले आज नगर परिक्रमा गराउने र अन्य स्वागतका कार्यक्रम विस्तारै तय गर्ने योजना बनाएको छ 

Paras and other playeer



Monday, March 17, 2014

बंगलादेशलार्इ हामी हराउन सक्छौं : पारस खड्का

paras Khadka final३ चैत, चटगाउँ । नेपाली टोलीका कप्तान पारस खड्काले बंगलादेशको चुनौती सामना गर्न नेपाल तयार रहेको बताएका छन् । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली बंगलादेशको सामना गर्नेछ । चटगाउँमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कप्तान पारसले भने–‘यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’ रिजल्टबारे धेरै सोच्नुभन्दा पनि आफ्नो बलियो पक्षबारे ध्यान दिने भन्दै उनले भने–‘जसरी हामीले हिजो खेल्यौं, त्यो कन्फिडेन्ट र मुमेन्टमलाई क्यारी गर्नुपर्छ । यो पनि हैन कि हिजो जे भयो भोलि पनि त्यही हुन्छ । क्रिकेट हो ।’ नेपालको बलियो पक्ष के हो भन्ने प्रश्नमा उनले बलियो टोलीलाई हराउन बलिङ, व्याटिङ र फिल्डिङ तीनै पक्षमा राम्रो गर्नु पर्ने बताए । 

हरेक खेल नयाँ सुरुवात हुने भन्दै उनले घरेलु टोली बंगलादेशविरुद्धको खेल जित्न सक्ने बताए । ‘तुलनात्मक रुपमा बंगलादेश राम्रो हो । तर, यो क्रिकेट हो, जे पनि हुनसक्छ’ निकै आत्मविश्वासका साथ प्रस्तुत भएका कप्तान पारसले भने–‘विश्वास राख्नुपर्छ । विश्वास छ कि हामी राम्रो गर्न सक्छौं । सबै खेलाडीले आफ्नोतर्फबाट पुस गर्दै गयो भने हामी जित्नपनि सक्छौं ।’ बंगलादेशको कप्तानले घरेलु मैदान भएपनि नेपाललाई फाइदा छ भनेका छन् भन्ने प्रश्नमा उनले भने–‘म आश गर्छु, त्यस्तो होस् । तर, उनीहरुले धेरै खेल खेलेका छन् । यो प्रतियोगिताको मात्र पहिलो खेल होला 

चटगाउँको मैदानमा शक्ति गौचनको ‘सेलिब्रेसन’ !

shakti-gauchan-and-gyanendr३ चैत, चटगाउँ, बंगलादेश । टी-२० विश्वकप क्रिकेटमा नेपालले हङकङविरुद्ध सानदार जित हात पार्दा शक्ति गौचन म्यान अफ दि म्याच बने । चटगाउँको जहारु अहमद चौधरी स्टेडियममा नेपाललाई ८० रनको जित दिलाउने क्रममा चार ओभरमा ९ रन दिएर तीन विकेट लिएपछि शक्तिले गरेको सेलिब्रेसन हेर्न लायक थियो । यससँगै उनी ट्वान्टी-२० क्रिकेटमा एक इनिङमा वेष्ट इकोनोमी रेटमा नवौं स्थानमा परेका छन् । सोमबार अभ्यासका क्रममा शक्तिले सेलिब्रेसन त गज्जब थियो नि भन्ने प्रश्नमा भने हाँस्दै भने-’पछि खेल्न पाइन्छ पाइन्न थाहा भएन ।’ उनले अघि थपे- प्रायःजसो मेरो सेलिब्रेसन यस्तै हुन्छ । ठूलो प्लेट र्फम हो । यो खेल हाम्रा लागि महत्वपूर्ण थियो । त्यसमाथि मैले धेरै समयदेखि राम्रो बलिङ गरेर पनि यति विकेट लिन सकेको थिइन् ।’ प्रशिक्षकले सिनियर खेलाडीहरुले राम्रो गरेर देखाउनुपर्छ भनेको भन्दै उनले यसले पनि प्रभाव परेको बताए । 

विश्वकपको पहिलो खेल, जित अनि म्यान अफ दि म्याचको तीन संयोजन भयो नि भन्ने अनलाइनखबरको अर्को प्रश्नमा उनले भने- ‘सपना नै थियो कि नेपालले विश्वकप खेल्न पाओस् । खेलाडीका रुपमा मैले खेल्न पाउँदा र त्यो म्याचमा मैले म्यान अफ दि म्याच पाउँदा जीवनको धेरै कुराहरु पाएँ जस्तो लागेको छ ।’ हरेक खेलका लागि मैदान प्रवेश गर्दा राम्रो प्रदर्शन गर्ने सोचाइ राख्ने भन्दै उनले आगामी खेलमा पनि यस्तै प्रदर्शन गर्न प्रयास गर्ने बताए । ज्ञानेन्द्र भन्छन्- टिमका लागि खेलिन्छ नेपालका लागि ४८ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्लले विश्वकपमा यो स्कोर बनाउन पाउनु खुसीको कुरा भएको बताए । पछिल्लो दिनमा टी-२० मा ब्याटिङ नचलेको तर, विश्वकप नै कुरेको हो भन्ने प्रश्नमा उनले भने-त्यस्तो लाग्दैन । जहिले पनि टिमका लागि खेल्ने हो त्यो १० रन होस् कि २० रन होस् । यति हो कि मैले ठूलो स्कोर गरिरहेको थिएन । जहिले पनि २०, २५, ३० त्यति मात्र भइरहेको थियो । थ्यांक गड लक्किली वल्र्डकपमा आएर स्कोर गर्न पाउनु खुसीको कुरा नै हो 

होलीका नाममा टुँडीखेलमा टमाटरको तमासा (फोटो फिचर)

Holi Ktm3३ चैत, काठमाडौ । राजधानीमा तरकारीको भाऊ असाध्यै महंगो छ । गृहिणीहरुले प्रतिकिलो ४५ देखि ६० रुपैयाँसम्म तिरेर टमाटर किन्नु परिरहेको छ । तर, सोमबार दिउँसो टुँडीखेलमा करिब ५० क्रेट टमाटार सार्वजनिक स्थलमा घोप्ट्याइयो र युवतीका पाइतालाले कुल्चेर किचिमिची पारियो । होली पर्वका नाममा सोमबार राजधानीको खुल्लामञ्चमा यस्तो अनौठो दृश्य देखिएको हो । समाजमा अनेक नाममा संस्थाहरु खुल्ने गरेको सन्दर्भमा सोमबार सार्वजनिक स्थलमा महंगो टमाटार खेर फाल्ने अभियानको आयोजना गर्ने संस्थाको नाम ‘छहारी नेपाल’ रहेको छ । सार्वजनिकस्थलमा टमाटर खेर फलिएको देखेपछि राम्रा कामभन्दा फजुलखर्जी एवं अनुत्पादक कार्य विदेशीको सिको गर्ने र त्यसमा संस्थागत प्रोत्साहन समेत दिने गरिएको प्रतिक्रिया केहीले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका छन् । होलीको बाहनामा खुल्लामञ्चमा कृषिउपज टमाटारमाथि गरिएको उपद्रोका केही दृश्य यस्ता छन्-  

Tomator Hloe

Tomator Hloe2
Tomator Hloe4

Tomator Hloe5

Sunday, March 16, 2014

लोडसेडिङले गर्दा बाबुरामले क्रिकेट हेर्न पाएनन्

२ चैत, काठमाडौं । नेपाल पहिलोपटक विश्वकप खेल मैदानमा पुगेको पनि नेपाल र हङकङवीचको क्रिकेट खेल हेर्न उत्साही देखिएका अधिकांश नेपालीले लोडसेडिङका कारण विश्वकपको लाइभ हेर्नबाट वञ्चित भएका छन् । सर्वसाधारण नेपालीले जस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि क्रिकेट लाइभ हेर्न पाएनन् । उनी क्रिकेटका पारखी हुन् । सरकारले वल्डकपलाई लक्षित गरी विद्युत उपलब्ध गराउने नीति नलिएको र नियमित लोडसेडिङ जारुी राखेकाले खेलका पारखीहरुले खेल हेर्नबाट वञ्चित हुनुपरेको हो ।

ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालको यात्रा

माधव धिताल 
National cricket team pix before leaving to ICC T-20 WORLD CUP 0033
२ चैत, काठमाडौँ । नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको १८ वर्षपछि आइतबार बंगलादेशको चित्तागोङस्थित जाहुर अहमद चौधरी स्टेडियममा ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्दैछ । नेपालका लागि अहिलेसम्मको ठूलो सफलता हो, ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्नु । यही प्रतियोगिताले नेपाललाई विश्वसामु चिनाउने अवसर समेत जुराउने छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट माथिल्लो स्तरका राष्ट्रले खेल्ने क्रिकेट हो र यसको सफलता नेपाललाई छोटो खेल इतिहासमै जुरेको छ । 

अर्को अन्तर्राष्ट्रिय क्रिकेट ‘एकदिवसीय क्रिकेट’को नजिक पुगे पनि नेपाल त्यसका लागि छनोट हुन असफल भएको थियो । आइतबार नेपालले चिरप्रतिद्वन्दी हङकसँग खेल्दैछ र नेपालको परीक्षा त्यही खेलबाट सुरु हुनेछ । गएको नोभेम्बरमा युएईमा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटको प्लेअपमा नेपालले हङकङलाई नै पराजीत गर्दै ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको यात्रा तय गरेको थियो । आइतबारको खेलमा नेपालले त्यही खेललाई निरन्तरता दिँदै विश्वकप यात्रालाई अझ मजबुद बनाउन प्रयास गर्ने छ । 

तर, गएको जनवरीमा नै भएको एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा हङकङले नेपालललाई १० विकेटले पराजित गरेको थियो । नेपाललाई पराजित गर्दै हङकङले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेको छ । पछिल्लो समय हङकङले सुधारिएको प्रदर्शन गर्दै आइरहेको छ भने नेपालको खेलको स्तर केही खस्किएको छ । विश्वकपको ६ वर्षे यात्रा ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न थालेको ६ वर्षपछि नै नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको हो । 

सन् २००७ मा कुवेतमा भएको एसीसी ट्वान्टी ट्वान्टी कपबाट नेपालले औपचारिकरुपमा ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न थालेको हो । त्यसपछि सन् २००९ मा युईमा भएको एसीसी ट्वान्टी ट्वान्टी कपमा पनि नेपालले सहभागिता जनाएको थियो । तर, त्यतिवेला पनि नेपालले अपेक्षा गरेअनुसारको प्रदर्शन गर्न नसक्दा समूह चरण नै पार गर्न सकेन । नेपालले सन् २००९ को एसीसी ट्वान्टी ट्वान्टीमा मलेसिया, युएई, ओमानसँग पराजित भएको थियो । 

नेपालका लागि ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रवेश गर्न पनि एसीसी ट्वान्टी ट्वान्टी कपमा फड्को मार्नु आवश्यक थियो । सन् २०११ मा नेपालले एक अर्थमा त्यो फड्को मार्‍यो । नेपालको त्रिभुवन विश्वविद्यलायको मैदानमा भएको खेलामा नेपाल सेमिफाइनल पुग्यो । त्यतिवेला नेपाल युएईलाई पछि पार्दै सेमिफाइनल पुग्यो र त्योसँगै ट्वान्टी-ट्वान्टी विश्वकपका लागि छनोट भयो । त्यसपछि नेपाललाई अर्को चुनौती थियो एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटकै । 

सन् २०१३ मा पुन काठमाडौमै भएको एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटमा पनि नेपालले अझ सुधारिएको प्रदर्शन गर्‍यो । युएईलाई पराजित गर्दै नेपाल चौथो प्रयासमा सन् २०१३ मा एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको फाइनलमा पुग्यो । तर फाइनलमा भने नेपालले अफगानिस्तानसँग हार व्यहोर्दै दोस्रो स्थानमै चित्त बुझाउन पुग्यो । एकपछि अर्को सफलता हात पार्दै आएको नेपालले ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट खेल्न युएई पुग्यो । 

नेदरल्याण्ड्स, स्कटल्याड्स, केन्या, पपुवा न्युगिनी, बर्मुडा, डेनमार्क, अफगानिस्तानजस्ता बलिया टोलीसँग खेल्नु पर्ने र विश्वकप क्रिकेटका लागि बाटो खुलाउन सहज थिएन नेपाललाई । नेपालले अफगानिस्तान, नेदरल्याण्ड्स र स्कटल्याण्डविरुद्धको खेलमात्रै गुमायो अन्य खेलमा जीत हात पार्‍यो । नेपालले त्यसबेला प्लेअपमा हङकङलाई नै हराउँदै ट्वान्टी ट्वान्टी क्रिकेटका लागि छनोट भएको हो । तेस्रो एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट कप अघि नेपाली टोली सम्हाल्न आएको हुन् श्रीलंकाली प्रशिक्षक पुबुद दसानायके । 

उनी प्रशिक्षक भएर नेपाल आएपछि नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहेको छ । सपना सार्थक बनाउने मौका बंगलादेशको चित्तागोङस्थित जाहुर अहमद चौधरी स्टेडियममा आइतबार साँझ सवा ७ बजे सुरु हुने विश्वकप क्रिकेटमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो पहिलो खेलमा जीत हात पार्दै अघि बढ्ने योजनाका साथ मैदान उत्रिदैछ । ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न थालेको ६ वर्षपछि पाएको यो उच्च सफलतालाई कायम राख्न नेपाली टोलीलाई बंगलादेशलगायत देश बाहिर रहेका नेपालीहरु तथा नेपालमै रहेका नेपालीहरुको बलियो साथ छ । 

सारा नेपालीले प्रतिक्षा गरेको त्यो सुनौलो दिन, सुनौलो प्रतियोगिता हो यो ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट । कप्तान पारस खड्का टसका लागि मैदान प्रवेश गरेसँगै नेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १७ औँ राष्ट्र बन्ने छ । यसपटकको विश्वकप क्रिकेटमा १६ टोलीको सहभागिता रहेको छ भने ८ देशले प्रारम्भीक चरण खेल्दैछन् । नेपाल, बंगलादेशसँगै अफगानिस्तान र हङकङ रहेको समूह ए मा छ भने समूह बीमा युएई, नेदरल्याण्ड्स, जिम्बाबे र आयरल्याण्ड छन् । एक दिवसीय क्रिकेटमा प्रवेश गर्न असफल भएको पीडा नेपाली टोली र नेपालसँग छ । 

त्यो पीडालाई बिर्साउने पनि यो मौका हुनेछ । एक दिवसीय क्रिकेटका लागि भएको छनोट खेलमा खराब प्रदर्शनका पछाडि प्रमुख खेलाडी चोटमुक्त हुन नसक्नु नै थियो । नेपालले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि मैदान उत्रिनुअघि बंगलादेशमा खेलेका अभ्यास खेलमा युएई र आयरल्याण्डसँग पराजित भएको थियो । यही पराजयलाई हौसलामा बदल्दै ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सुधारिएको प्रदर्शन गर्दै विजयी हात पार्दै अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई चिनाउने अवसर हुनेछ । बंगलादेशमामा जित हात पार्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गर्न सके नेपाली क्रिकेटका लागि ठूलो सफलता हुनेछ ।

विश्वकपमा नेपालको पहिलो पाइला

National cricket team pix before leaving to ICC T-20 WORLD CUP 0033२ चैत, काठमाडौं । नेपाली खेलकुदमा आज ऐतिहासिक दिन । आज नेपाली क्रिकेट टोलीले पहिलो पटक ट्वान्टी-ट्वान्टी विशवकप क्रिकेटमा सहभागी हुँदैछ । नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।प्रतियोगिता बंगलादेशको चटगाउँ स्थित जोहार अहमद चौधरी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ । समूह ‘ए’मा रहेको नेपालले हङकङसँगै चैत ४ गते साँझ सवा ७ बजे बंगदलादेशसँग र ६ गते अपरान्ह पौने ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । हङकङसँगको आजको खेलसँगै नेपालले विश्वकप खेल्ने टोलीका रुपमा आफूलाई चिनाउँने छ । 

नेपाली टोलीका कप्तान पारस खड्काले यो अवसर नेपाललाई विश्वभरि चिनाउने अवसर भएकाले डटेर प्रतियोगितामा सहभागी हुने बताएका छन् । कसैलाई कजोर नआक्ने भन्दै पारसले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताए । हङकङ र नेपाल दुवै राष्ट्र पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका राष्ट्र हुन् । नेपालले गत नोभेम्बरमा युएईमा भएको खेलमा सहभागी भएर ट्वान्टी-ट्वान्टी विश्वकपको यात्रा पक्का गरेको थियो । समूहको शीर्ष स्थानमा पुग्ने टीम अर्को चरणको सुपर टेनमा पुग्नेछ । प्रतियोगिताको अनलाइनखबरले प्रत्यक्ष प्रशारण गर्नेछ 

भोलिदेखि हवाइ भाडा बढ्ने, कहाँ जान कति भाडा ?

airport२ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइ भाडा बढाउने निर्णय गरेका छन् । नयाँ भाडा दर अनुसार यात्रुले ६५ रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढाएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन् । पहिलो १ सय ३७ रुपैयाँ प्रतिलिटर पर्ने हवाई इन्धन अहिले १ सय ४३ रुपैयाँ पुगेको छ । एक बर्षभित्रै हवाइ भाडा बढेको यो तेस्रो पटक हो । निजी वायुसेवा कम्पनीहरुको शुक्रबार बसेको बैठकले चैत ३ गतेदेखि लागू हुनेगरी हवाइ भाडा बढाउने निर्णय गरेको हो । नयाँ वृद्धि भएको भाडालाई वायुसेवाहरुले ‘फ्युल सरचार्ज’ शीर्षक दिने निर्णय गरेका छन् । 

सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने–‘सबै वायुसेवाले चैत ३ बाट नयाँ भाडादरमा उडान गर्नेछन् ।’ लागत मूल्य भन्दा सस्तोमा जहाज उडाउन नसकिने भएकाले बाध्य भएर भाडा बढाउनु परेको थापाले बताए । वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाइ इन्धनमा खर्च हुने गरेको छ । कहाँ जान कति भाडा ? नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको सिमरा पुग्न ३ हजार १ सय ४५ रुपैयाँ लाग्ने छ । सिमरा पुगन १५ मिनेट यात्रा गर्नुपर्छ । त्यस्तै काठमाडौंबाट सबैभन्दा टाढा रहेको धनगढी विमानस्थल पुग्न ११ हजार २ सय ९५ रुपैयाँ भाडा लाग्ने भएको छ । धनगढीसम्म पुग्न काठमाडौंबाट १ घन्टा २० मिनेट यात्रा गर्नुपर्छ । 

त्यस्तै वायुसेवाले माउन्टेन फ्लाइटलाई २ सय २५ रुपैयाँ, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैयाँ भाडा बढाउने निर्णय गरेको छ । नयाँ भाडादर अनुसार माउन्टेन्ड फ्लाइटका लागि अब यात्रुले १० हजार ६ सय ६०, पोखरा पुग्न ४ हजार ९ सय ७० तिर्नुपर्छ । त्यस्तै भैरहवाका लागि ६ हजार ८५, विराटनगरका लागि ६ हजार ८ सय ३५, नेपालगन्ज पुग्न ८ हजार ४ सय ३५, भद्रपुर पुग्न ७ हजार ७ सय ६५, तुम्लिङटार पुग्न ५ हजार ८०, जनकपुर पुग्न ४ हजार २ सय ५०, भरतपुर पुग्न ३ हजार ६ सय ७० र लुक्ला पुग्न ४ हजार ४ सय ४० रुपैयाँ तिर्नुपर्नेछ । 

प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग विद्यार्थीको वार्ता

Bamdev student२ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गृहमन्त्री वामदेव गौतमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडक संघर्ष गरिरहेको एमाले अखिललाई उपत्यका बन्द लगायतका आन्दोलनका कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन् । सत्तारुढ दलका विद्यार्थी संगठनले सरकारको विरोधमा आन्दोलन गर्नु उचित नहुने गृहमन्त्रीको भनाइ छ । मूल्यवृद्धि विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आइतबार सुशील कोइरालासमक्ष पुगेका १७ विद्यार्थी संगठनहरुसँग प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री गौतम र अर्थमन्त्री डा. रामशरण महतलेसमेत सामुहिक छलफल गरेका छन् । 

सोही छलफका क्रममा गृहमन्त्री गौतमले सत्तारुढ दलका कार्यकर्तालाई सडकमा नउत्रिन आग्रह गरेको सहभागी एक विद्यार्थी नेताले अनलाइनखबरलाई जानकारी दिए । ‘गृहमन्त्रीले एमाले अखिललाई उपत्यका बन्द लगायतका कार्यक्रम नगर्न भनेका छन् ।’ छलफल स्थलबाटै एक विद्यार्थी नेताले अनलाइनखबरलाई जानकारी दिए । विद्यार्थी संगठनहरुले चैत ५ गते उपत्यका बन्दको घोषणा गरेका छन् । कांग्रेसको भातृ संगठन नेविसंघले भने आन्दोलनमा सहमति भए पनि उपत्यका बन्दमा सहभागी नहुने शनिबारै घोषणा गरिसकेको छ । 

Friday, March 14, 2014

प्रधानमन्त्री कोइरालाले फिर्ता गरे अमेरिकी डलर

Sushil Koirala३० फागुन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले म्यानमारमा भएको विम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिए बापत पाएको भ्रमण भत्ता फिर्ता गरेका छन् । प्रधानमन्त्री कोइरालाले भ्रमण भत्ता वापत नेपाल सरकारवाट पाएको ६३ हजार ४ सय २७ रुपैयाँ अर्थात ६ सय ५० अमेरिकी डलर शुक्रवार मूख्य सचिव लीलामणि पौडेलमार्फत परराष्ट्रमन्त्रालयलाई फिर्ता गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । 

कोइरालाले फिर्ता गरेको भ्रमण भत्ता राज्यकोषमा दाखिला गरिने अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रधानमन्त्री कोइरालाको निर्देशन बमोजिम मूख्य सचिव पौडेलले परराष्ट्र मन्त्रालयमा शुक्रवारे दिउँसो नै बुझाएका हुन् । गत फागुन २० गते म्यान्माको राजधानी नेपिटमा भएको (बिम्स्टेक) सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका प्रधानमन्त्री कोइराला शिखर सम्मेलनमासात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार गएका थिए

Thursday, March 13, 2014

मलेसिया विमान सम्पर्कविच्छेद हुनु केही मिनेटअघिको सन्देश सार्वजनिक (अपडेट)

काठमाडौं, फाल्गुन २८ । पाँच दिनदेखि बेपत्ता रहेको मलेसियन एअरलाइन्सको विमान सम्पर्कविहीन हुनुभन्दा केही मिनेटअघिको सन्देश फेला परेको मलेसियाका अधिकारीहरुले बताएका छन् । उक्त विमानले बेपत्ता हुनुभन्दा केही मिनटअघि मलेसियन एअर कन्ट्रोललाई ‘सबै ठिक छ’ भन्ने रेडियो सन्देश दिएको अधिकारीहरुले खुलासा गरेका हुन् । मलेसिया र भियतनामी एअर स्पेसको सीमामा पुगेपछि मलेसियन एअर कन्ट्रोलले विमानको सम्पर्क भियतनामको हो ची मिन्ह् सहरको कन्ट्रोललाई हस्तान्तरण गरेको जानकारी समेत सार्वजनिक भएको छ । त्यसको केही मिनेटपछि नै विमानसँगको सम्पूर्ण सम्पर्कविच्छेद भएको थियो । यसअघि मलेसिया वायुसेनाका प्रमुखले हराइरहेको विमानले बाटो बदलेर पश्चितर्फ लागेको भन्ने खबर पुष्टि हुन नसकेको बताएका थिए । 
आफूलाई उदृत गर्दै विमानले दिशा बदलेको भन्ने खबरमा सत्यता नभएको उनले बताएका हुन् । यद्यपि, विमान फर्किएको हुनसक्ने पनि उनले बताएका छन् । यसअघिको खबरमा कोटा भारु भन्ने स्थानमाथिबाट विमानले बाटो परिवर्तन गरेर उचाइ घटाइ बायाँतर्फ मोडिएर मलाका स्ट्रेटमा छिरेको दाबी मलेसियाली सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका थिए । ‘स्ट्रेट अफ मलाका’ मलाया प्रायद्वीप र इन्डोनेसियाली टापु सुमात्राको बीचमा रहेको ८०५ किलोमिटरमा फैलिएको सामुद्रिक क्षेत्र हो । गत शनिबार २ सय ३९ जना यात्रु बोकेर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसिया एअरलाइन्सको विमानको खोजीमा सिंगै विश्वले ध्यान दिएपनि सुइँकोसम्म पाउन सकिएको छ्रन । (एजेन्सी) 

Wednesday, March 12, 2014

बिहेपछि थप दाइजो माग्नेसँग सम्बन्ध विच्छेद

divorce२८ फागुन, सप्तरी । सप्तरीको कञ्चनपुर गाविस-७ की २९ वर्षीया किरणकुमारी गुप्ताले थप दाइजो माग्ने पति ३९ वर्षीय नरेशप्रसाद गुप्ता रौनियारसँग सम्बन्ध विच्छेद गरेकी छिन् । नरेशले किरणलाई अंशबापत सात लाख ५१ हजार बुझाए पछि मिलापत्रमा दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ । आरोपित पतिसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै २०६९ भदौ ११ गतेदेखि घरनिकाला गरेको भन्दै पीडितले २०६९ असोज ७ गते अंशबन्डा मुद्दा दर्ता गरेकी थिइन् । 

यसैगरी, दाइजोबापत आरोपितले लिएको नगद र गरगहनासहित रु १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिइन् । आरोपितसँग २०६७ जेठ १० गते सामाजिक परम्पराअनुसार विवाह गरेकी पीडित घरनिकालापछि भारत विहारको सुपौल जिल्लाको रतनपुरास्थित माइतको शरणमा बसेकी थिइन् । यसैबीच, अन्तर्जातीय प्रेमविवाह गरेकी सप्तरीकी एक थारु महिलाले उनका पति २३ वर्षीय सकलदेव राम चमारसँग नाता कायमका लागि बुधवार अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । मधुपट्टी गाविस-३ की २१ वर्षीया बन्दनादेवी चौधरी रामले नाबालक छोरा र आफ्नो हकमा समेत नाता कायम मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ । रासस - 

बाबुरामले प्रचण्डलाई भने-तपाईले हिम्मत नगरे नयाँ शक्ति बन्छ

prachanda-baburam२८ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसामू पार्टीलाई नयाँ शक्ति बनाएर जाने प्रस्ताव राखेका छन् । जवाफमा प्रचण्डले पार्टी निर्णय कार्यान्वयन गरेर अघि बढे मात्र नयाँ शक्ति बन्ने बताएका छन् । बुधबार दिउँसो पार्टी अध्यक्ष प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर नेता डा. भट्टराईले टालटुल मात्र गर्न खोजेर पार्टी नबन्ने भन्दै नयाँ शक्ति बनाएर जानुपर्नेमा जोड दिएका छन् । ‘यो शैलीले पार्टी राम्रो बन्दैन, आन्दोलन नयाँ चरणमा पुगिसक्यो । 

त्यसैले पार्टीलाई नयाँ संरचना, नयाँ विचार, नयाँ शक्तिमा बदल्नुको विकल्प छैन’ भट्टराईले प्रचण्डलाई भनेका छन् । नयाँ शक्ति सम्भावना औल्याउँदै उनले प्रचण्डलाई भने-’नयाँ परिवेशअनुसार नयाँ शक्ति बनाएर जाने हिम्मत तपाईले नगर्ने हो भने जनताले नयाँ शक्ति बनाउँछन् ।’ एमाओवादी नेता भट्टराईले पछिल्लो समय नयाँशक्ति निर्माणको नारा अघि सार्दै आएका छन् । पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धीहरुलाई अगाडि बढाउन नयाँ शक्ति निर्माण आवश्यक भएको भट्टराईको भनाइ छ । 

हालै एक साप्ताहिक पत्रिकामा लामो लेख लेख्दै भट्टराईले त्यस्तो नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियामा हुन सक्ने चर्चा गरेका छन् । पहिलो, पार्टीहरुले आवश्यकता वोध गरेर आफूलाई रुपान्तरण गर्ने, सबै पार्टीभित्रबाट यो विचारलाई आत्मसाथ गर्नेहरु मिलेर नयाँ धु्रवीकरण गर्ने वा सबै प्रक्रियाभन्दा फरक ढंगले नयाँ नेतृत्वको जन्म हुन सक्ने उनको तर्क छ । नयाँ शक्ति बन्दा पूरानै मध्येबाट कसैले युगको आवश्यकताअनुसार रुपान्तरण पनि गर्न सक्ने वा ४० वर्ष आसपासका नेताहरु त्यसमा आउने भट्टराईको ठम्याइ छ । 

प्रचण्डले सम्झाए केन्द्रीय समितिको निर्णय 
पार्टीका वरिष्ठ नेता भट्टराईको प्रस्ताव सुनेपछि प्रचण्डले भने केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गरेर अघि बढ्दा मात्रै नयाँ शक्ति निर्माण गर्न सकिने बताएका छन् । नयाँ शक्तिको खाँचो आल्याउँदै भट्टराईले पत्रपत्रिकामा प्रकाशित गरेको लेखतर्फ संकेत गर्दै प्रचण्डले केन्द्रीय कमिटीको निर्णय स्मरण गराएको स्रोतले बतायो । ‘

केन्द्रीय समितिको निर्णय कार्यान्वयन गरेर अघि बढौं, केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्नु भनेको पार्टी विघटनतिर जानु हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ‘वैचारिक बहसमा भाग लिँदा पनि केन्द्रीय कमिटीको यही निर्णयको भावमा अघि बढ्नुपर्ने अध्यक्षले भट्टराईलाई सुझाव दिनुभएको छ ।’ 

प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चूडामणि खड्काले भने बिहीबार बस्ने केन्द्रीय कार्यालयको बैठकको तयारीका लागि दुई नेतावीच भेट भएको बताए । पार्टी अध्यक्ष र उपाध्यक्षवीचको भेटघाटलाई नियमित एवं सामान्यरुपमा लिइनुपर्ने उनले बताए । 

Monday, March 10, 2014

Vietnam sends helicopters to check ‘yellow object’, possible plane’s life raft, says minister

Vietnam sends choppers to check possible plane’s life raftVietnam has scrambled rescue helicopters to check a "yellow object" floating in its waters that rescue teams suspect could be a life raft from a Malaysian plane that went missing with 239 people aboard, Reuters reported a minister as saying today. 

A Vietnamese jet had seen the object earlier today but was unable to get close enough to determine what it was, Pham Quy Tieu, Vice Transport Minister and deputy head of the country's rescue committee, told Reuters. 

According to Reuters, The Civil Aviation Authority of Vietnam said on its website searches were being conducted about 140km southwest of Tho Chu island, which is located about 200km off the coast of southern Vietnam. 

Earlier, director-general of DCA Datuk Azharuddin Abdul Rahman had dismissed reports that parts of the aircraft had been located by the Vietnamese authorities. 

He had said those responsible for the search and rescue had verified reports of the "finds" with the Vietnamese authorities 

who denied them. It was reported that there had been unverified reports of sightings of aircraft parts, including a possible door, and oil slicks in the South China Sea. "Various sightings have been reported by numerous media organisations but nothing concrete has been found," 

he said, adding that claims that Vietnamese search and rescue forces had found an aircraft door had not been verified. "We have contacted Vietnamese authorities and they have denied any such finding by their SAR forces," Azharuddin had told a press conference today. He had said the Malaysian Maritime Enforcement Agency (APMM) had also spotted oil slicks in the South China Sea and taken samples. "The samples have been taken to the laboratory and hopefully, the test results will be released soon." 

Azharuddin had said aviation and aircraft experts from around the world had contributed their opinions and expertise. "However, nothing concrete can be concluded until we actually locate MH370," he added. The missing Boeing 777-200 aircraft left KLIA for Beijing at 12.41am on Saturday, but contact with the plane was lost at 1.20am when it was flying over airspace manned by air traffic control in Ho Chi Minh City. The aircraft was carrying 239 people, according to MAS's flight manifest, the bulk of whom are Chinese passengers, and 12 crew members. 

Malaysia says pressing Vietnam for details on missing plane Suspected aircraft fragments found, says Vietnam ministry website Reports on debris of missing aircraft not true, says civil aviation chief Still no confirmed debris from missing plane: Malaysian official Malaysia Airlines flight went missing in Vietnamese airspace

मलेसियाबाट चीनतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्य दक्षिण चिनियाँ

प्रार्थना मलेसियाबाट चीनतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्य दक्षिण चिनियाँ सागरमा केन्द्रित रहेको छ। एक भियतनामी विमानले दक्षिण चीनियाँ सागरमा सो विमानको जस्तो देखिने बस्तु फेला पारेको बताइएपनि त्यो बस्तु सोही विमानकै हो भन्ने यकिन हुन सकेको छैन। 

सो विमानमा चालक दल सहित २३९ व्यक्ती सवार थिए। जोडतोड क्लालम्पुरबाट बेइजिङतर्फको उडानका क्रममा हराइरहेको विमानको खोजी कार्यमा भियतनामको समुद्रतटदेखि दक्षिणतिर दर्जनौ पानीजहाज र विमानहरु खटिएका छन्। बीबीसीका जनाथन हेडका अनुसार त्यस क्षेत्रमा ४० भन्दा बढी पानीजहाज र ३४ वटा विमानहरु खोजी कार्यमा लागेका छन्। 

“४० वटा पानी जहाज र ३४ वटा जति विमानहरु खोजी कार्यमा लागेका छन्, ती सबै विमान खसेको हुन सक्ने ठानिएको दक्षिण चीनियाँ सागर वरपर छन्।” "४० वटा पानी जहाज र ३४ वटा जति विमानहरु खोजी कार्यमा लागेका छन्, ती सबै विमान खसेको हुन सक्ने ठानिएको दक्षिण चीनियाँ सागर वरपर छन्" जनाथन हेड, स‍म्वाददाता, बीबीसी न्यूज 

मलेसियन एअरलाइन्सको फ्लाइट एमएच-३७० विमान हराउनुको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन्। पछिल्लो अनुसन्धान सो विमानमा चोरिको पासपोर्ट लिएर यात्रा गरिरहेका ठानिएका दुई यात्रुमा केन्द्रित रहेको बताइएको छ। इटली र अस्ट्रियाका ती राहदानी थाइल्याण्डमा चोरिएका थिए। अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले चांही पासपोर्ट चोरी र विमान हराएको विषयबीच अहिले नै सीधा सम्वन्ध स्थापित गर्ने बेला भइ नसकेको बताएको छ।

यस्तो छ सिनामंगलका सुकुम्बासीको बेदना

Agni Pidit 4
                  जलेको बस्तीबाट हिँड्दै एक बालक 
ज्ञानेन्द्र खड्का 
२६ फागुन, काठमाडौं । पूजापाठ गरेर जीवन धान्दै आएका अजय आइतबार १२ बजे अघि नै भगवानको दर्शनका लागि पशुपति गएका थिए । ईश्वरलाई पुकारेर पेट भर्दै आएका उनी पशुपतिमा दर्शन गर्न नपाउँदै फोन बज्यो, ‘हेल्लो, बस्ती त जलेर खाक भयो, तुरुन्त बस्तीमा आउनू’, बस्ती जलेको सुन्नेबित्तिकै उनी पूजाका सामान सडकमै फ्यालेर सिनामंगलस्थित आफ्नो बस्तीमा हान्निए । वर्षेनी जन्मेका ४ जना छोराछोरीका बाबु उनी दौडेर बस्तीमा पुग्दा छाप्रो खरानीमा परिणत भइसकेको थियो । ’अब हामीलार्इ मार्ने तपाईंहरुले नै हो, बचाउने पनि तपाईंहरुले नै’, २९ वर्षीय अजय गिरी भक्कानिए, ‘हाम्रो त हजुर, अब केही पनि बचेन, एकसरो लुगाबाहेक केही छैन ।’ बस्ती जलेर खरानी भएपछि सुत्केरीदेखि साना बालबच्चा र वृद्धवृद्धाको बिजोग भएको छ । १० दिनकी सुत्केरी अञ्जना गिरीले चिसो भुईंमा ओच्छ्याइएको त्रिपालमा सुतेर रात बिताइन् । ‘राम्रो ठाउँ खोज्न कहाँ जानु, छाप्रोसँगै खानेकुरा पनि जलिगो, हिजोदेखि पेटभरि खान पाएकी छैन, अञ्जनाले सुनाइन्, ‘दयालुहरुले दिएको थोरै खानेकुरा पेटमा परेको छ, यो दूधे बच्चो बोकेर कहाँ जाऊँ अब ।’ 

Agni Pidit 2
          १० दिनकी सुत्केरी अन्जना गिरी र नाबालक छोरो 

काठ, बाँस र प्लास्टिकले बनेको बस्ती आइतबार दिउँसो १ बजेर १० मिनेटमा बिजुली आउनेवित्तिकै सर्ट भएर खरानीमा परिणत भयो । आगोले बस्ती सकिएपछि सिनामंगलमा रहेको नोबेल कलेज, मिरमिरे युवा क्लब र केही दयालुहरुले दिएका त्रिपालमुनि उनीहरुले रात गुजारे । सुकुम्बासी बस्तीका अधिकांश दक्षिण भारतबाट वर्षौं अघि नेपाल पसेका हुन् । ‘छोराछोरीलाई दयालुले जोगाइदिएछन्, छाप्रो सबै जलेर खरानी भयो, केही पनि बचे, अब हामी कहाँ जाने’ अजयले सुनाए, ‘मरे पनि बाँचे पनि अब हाम्रो जाने ठाउँ कहीँ छैन ।’ नेपाललाई दोस्रो घर बनाएका यहाँका बासिन्दा अब भविश्य के हुने हो भन्ने पिरलोमा छन् । आगो लागेको कुरा सोध्नेवित्तिकै सबैका आँखा रसाउँछन् । ‘अब हामी कहाँ जानु ? भारत भन्दा हामीलाई यही ठाउँ प्यारो छ’, ६५ वर्षीया चन्द्रमा गिरीले सुनाइन्, ‘हिजोबाट रुँदा रुँदा आँसु आउन छोड्यो, हामीलाई बचाउने मार्ने जिम्मा तपाइँहरुको हो, हामी निम्छराले कहाँ गएर रात बिताउनु ?’ 

छाक टार्ने मेलो 
यहाँ बस्नेमध्ये केहीले भिक्षा मागेर छाक टार्छन् भने केहीले पूजापाठ गर्दै दुई छाक टार्छन् । बाँकीले भने कवाडी संकलन गरे जीवन धानिरहेका थिए । ‘हामीले रात दिन भगवानको पूजा गर्दैं हिड्यौ, तर तिनै भगवानलाई के मा चित्त नबुझेर हाम्रो बस्ती रित्याए ?, बस्तीका रमेश गिरीले भने, ‘हामी त पखेंटा काटेर फ्याँकेका चरीजस्तै भयौं, हाम्रो जीवन बचाइदिनुस्, देश फर्कन पनि केही छैन, एकसरो लुगाबाहेक 

Agni Pidit 1
           छाप्रो जलेपछि विक्षिप्त बनेका अजय गिरी रूँदै 

स्थानीय दुईजनालाई एक छाप्रोको मासिक एक हजार भाडा तिरेर बसेका उनीहरु अहिले साहुजीको सहयोगको आशमा छन् । ‘साहुजीले यहीँ बस्न दिए, छाप्रा हाल्न सहयोग खोज्ने थियौं’, अजयले सुनाए, ‘उनले नबस भनेमा सडकमा सुत्नेबाहेक अरु उपाय छैन, छोराछोरीको बिचल्ली हुने भो ।’ दश मिनेटभित्रै बस्ती खरानी भएको हेरेका यी दुःखीहरु अहिले आफूहरुलाई बचाउन नेपालीसँग गुहार मागिरहेका छन् । बस्तीमा राखिएको कवाडी नजिकैबाट सुरु भएको आगोले केही पनि जोगिएन, ज्यान बाहेक । बयस्क सदस्यहरु छाक टार्ने उपाय खोज्न सहर डुल्न गएका बेला बस्तीमा बालबालिका मात्र थिए । भागेर ज्यान जोगाएका बालबालिका अहिले भोकैप्यासै अलपत्र अवस्थामा छन् । 

सरकारले नहेरेको गुनासो 

Agni Pidit 3
छाप्रोसँग अन्न जलेपछि सहयोगीले दिएको खानेकुरा नानीलार्इ खुवाउँदै एक आमा 

आगलागी भएपछि प्रहरी पुगे पनि सरकारी निकायका प्रतिनिधि नआएको बस्तीका बासिन्दाले गुनासो गरे । ‘बाहिरबाट आए पनि आखिर यही माटोमा बसिरहेका छौं, हाम्रो छाला कालो छ, हामी गरिब छौं’, रमेश गिरीले भने, ‘सरकारले हामीलाई सहयोग गरेर जीवन बचाइदेओस्, हाम्रा छोराछोरी भोकै पर्ने भए ।’ उद्धारमा पुगेका प्रहरी र स्थानीयले बस्तीबाट केही पनि निकाल्न सकेनन् । बस्तीका मुखिया सहयोग खोज्दै सरकारी कार्यालयका ढोका ढक्ढक्याउन गएका छन् । ‘मुखिया जानुभएको छ, सरकारलाई गुनासो राख्न’, चन्द्रमाले भनिन्, ‘सरकारले सहयोग दिए, हामीले टाउको लुकाउने ठाउँ पाउथ्यौं कि ?’ छाप्रोसँगै जलेका भाँडाकुँडा बेवारिसे अवस्थामा 

Sunday, March 9, 2014

अब राहदानी लिन लाइन बस्नु नपर्ने

काठमाडौं,पुस २३ – राहदानी लिन अब लाममा बस्नुपर्ने छैन् । राहदानी विभागले गर्न लागेको नयाँ व्यवस्थाअनुसार अनलाइनबाटै समय लिएर फारम बुझाउने अनि राहदानी लिने मिति र सयम लिनुपर्नेछ । विभागले राहदानीका लागि आवेदन फारम बुझाउन ‘अनलाइन’ बाट समय लिनुपर्ने व्यवस्था एक महिनाभित्रै गर्न लागेको आजको अन्नपुर्ण पोष्टमा खबर छ । राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अनलाइनबाट फारम भरेर बुझाउन मिति र समय लिनुपर्नेछ । ‘यस्तो व्यवस्था भएपछि नागरिकले राहदानी फारम बुझाउन र लिन लाममा बस्नुपर्ने छैन्,’ उनले भने, ‘यो योजना माघ भित्रैमा लागू हुनेछ ।’ अनलाइनबाट समय लिएपछि मात्र विभागमा गएर फारम बुझाउन सकिनेछ । 

फारम बुझाएपछि विभागले तोकेको दिन र समयमा राहदानी प्रदान गर्नेछ । नयाँ व्यवस्था लागू भएपछि विभागमा अहिले राहदानीका लागि फारम बुझाउन र लिन लाग्ने गरेको भीड अन्त्य हुनेछ । राहदानीका लागि विभागमा फारम बुझाउन दिनहुँ नौ हजारभन्दा बढी लाम लाग्ने गरेको छ । तर, दैनिक बढीमा ४ हजार मात्र फारम बुझ्ने गरिएको छ । यो अघिल्लो साताको अभिलेख हो । खनालले भने, ‘भीड कम गर्न र सेवाग्राहीलाई सुविधा होस् भनेर अनलाइनबाट समय लिएर फारम बुझाउने व्यवस्था गर्न लागिएको हो । यसका लागि प्रक्रिया अघि बढिसकेको छ । कार्यान्वयनमा जान मन्त्रालयको निर्देशन कुरिरहेका छौं 

मातृका यादवलाई पार्टीमा फर्काउन प्रचण्डको कसरत

काठमाडौ, फागुन २५ – 

पाँच वर्षअघि एकीकृत माओवादीबाट विद्रोही गरी बाहिरीएका नेकपा माओवादीका अध्यक्ष मातृका यादवलाई पार्टी एकीकरणका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेका छन् । कम्यूनिष्टहरु फुटेका कारण अधिकार प्राप्त गर्न ढिलो भएको भन्दै अध्यक्ष प्रचण्डले फागुनको पहिलो साता आफ्नै निवासमा बोलाएर एकताका लागि मातृकालाई आग्रह गरेका छन् । मातृका यादव निकट एक नेताका अनुसार अध्यक्ष प्रचण्डले सिरहा र जनकपुर गएको बेला नै मातृका यादवसँग भेट्ने चाहेका थिए तर उनले आफू घर बनाउनमा व्यस्त भएको कारण तत्कालै भेट्न नसकिने र काठमाडौं आएपछि मात्र भेट्ने अध्यक्ष प्रचण्डलाई जवाफ दिएका थिए । 

फागुन १ गते माओवादीको जनयुद्ध दिवस मनाउन काठमाडौ आएका मातृकाले प्रचण्डकै निवासमा गएर पार्टीको विषयमा छलफल गरेको स्रोतको दावी छ । पाँच वर्षअघि अलगभएपछि प्रचण्डसँग पहिलो पटक भएको भेटमा मातृकाले आफ्नो साथमा दुईजना साक्षि पनि लगेका थिए । साक्षीका रुपमा उनका साथमा मधेशका बद्धिजिवि तथा डाक्टर रामकेवल शाह थिए भने अर्को सविधानसभा चुनावताका पार्टीबाट बागी भएर रामचन्द्र झा विरुद्ध उम्मेदवारी दिएका श्रवण यादव थिए । चियापानसहित दुईघण्टा लामो भेटमा अध्यक्ष प्रचण्डले मातृका यादवलाई पार्टीमा आउन आग्रह गरेका थिए । ‘

अब एक्ला एक्लै लडेर सफलता हासिल गर्न सकिदैन त्यो कुरा पाँचवर्षमा तपाईले पनि थाहा पाईसक्नु भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अब माओवादीबाट अलग भएर बसेका चारै समूह एक ठाउँमा आउनुपर्छ अनि मात्र हाम्रो उद्देश्य प्राप्त हुन्छ ।’ त्यसपछि मातृका यादवले तपाईले भनेको कुरा सही हो तर स्थिति अनुकुल अझै भएको छैन, जुन कारणले आफू अलग भएका थिए तीमध्ये कुनै कुरामा सुधार तथा परिवर्तन नभएको गुनासो गर्दै उनले प्रचण्डलाई भने, ‘जुन दिन मैले तपाईहरुमा सुधार भएको अनुभव गर्छु त्यो दिन तपाईले नभनेपनि म पार्टीमा फर्किन्छु । तर हाल यसै अवस्थामा पार्टीमा फर्किने कुरा आउँदैन ।’ 

matrika-prachanda

उनले एकता र एकीकरण होइन, मोर्चासम्म बनाएर अगाडि बढ्न सकिने सुझाव दिँदै एउटै पार्टीमा सँगै बसेर काम गर्न नसकिएपनि एउटै मोर्चामा बसेर काम गर्न सकिने सुझाव अध्यक्ष प्रचण्डलाई दिएका थिए । अध्यक्ष प्रचण्डले मातृकाको प्रस्ताव र सुझावलाई स्वीकार गर्दै मोर्चाबन्दीका लागि उनी तयारीमा जुटेका छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि तत्काल एकीकरण हुन नसकेपनि मोर्चाबन्दी गरेर जाने मनस्थितिमा अध्यक्ष प्रचण्ड पुगेको बताइन्छ । उनले मणी थापा नेतृत्वको माओवादीसँग पनि अनौपचारिक कुराकानी चलाएको स्रोतको दावी छ ।

रातोपाटीले पर्दाफास गरे पछि ठगी म्यानपावर कम्पनीको काम–कारवाही रोक्का

काठमाडौं, फागुन २४ – 
वैदेशिक रोजगार विभागले नेबिल ओभरसिजको काम कार्वाही रोक्का गरेको छ । उक्त कम्पनिले रोजगारीको लागि मलेशिया जाने हजारौं नेपालीलाई सस्तो मुल्यको विज्ञापनको प्रलोभनमा पारी २ लाख भन्दा बढि रकम असुली गरेको अडियो रेकर्ड सहितको समाचार रातोपाटीले पर्दाफास गरे पछि विभागले कम्पनिले गर्ने सम्पूर्ण काम रोक्का गरेको हो । विभागका महानिर्देशक कृष्णहरी पुस्करका अनुसार उक्त कम्पनीलाई सस्पेन्स सम्पुर्ण काम कर्वाहि रोक्का गरिएको छ । सञ्चार माध्यममा आएका समाचार प्रमाणित भए कसूरको आधारमा कारवाही गरिने उनको भनाई छ । ‘हामीले सञ्चार माध्यममा आएको समाचार र रिपोर्टलाई आधार मानेर अनुसन्धान ......

एमाले नेता पोखरेल भन्छन्- मन्त्री बन्न सभासद हुनैपर्छ भन्ने छैन

२५ फागुन, काठमाडौं । 
sankar-pokrel
नेकपा एमालेका सचिव शंकर पोखरेलले शासकीय स्वरुपबारे पार्टीको अवधारणा अनुसार नै सभासद नभएका व्यक्तिलाई मन्त्री बनाइएको बताएका छन् । सभासद नभएका व्यक्तिलाई मन्त्री बनाएको बारे अनलाइनखबरले सोधेको प्रश्नमा नेता पोखरेलले एमाले परम्परागत संसदीय प्रणालीको पक्षमा पैरबी गरेर संविधानसभामा नगएको बताए । एमालेले अगाडि सारेको ढाँचा सरकार सञ्चालनको सन्दर्भमा फरक छ भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले भने-’जुन पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पैरबी गरिरहेको छ 

र त्यो प्रधानमन्त्रीले आफूलाई काममा सहयोग गर्ने व्यक्ति एवं विशेषज्ञहरुलाई राखेर सरकार चलाओस् भन्ने अपेक्षा अन्तरगतको प्रणाली अघि सारेको छ, उसले संविधानसभामा नभएको व्यक्ति मन्त्री बनाउन हुँदैन भन्ने कुराको पैरबी गर्छ र ?’ एमाले सचिव पोखरेलले एक वर्षभित्र संविधान बनाउने बेलामा सभासदलाई राखेरै सरकार चलाउनुपर्छ भन्नु व्यवहारिक समेत नहुने बताए । उनले भने- ‘यसअर्थमा पनि हामीले संविधानसभाबाट मन्त्री छनोट गर्दा पनि प्रत्यक्षलाई प्राथमिकता दिने भन्ने नीति बनायौं । बाँकीको हकमा पार्टीको प्रतिनिधित्व गर्ने हिसाबले क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरेका छौं ।’ 

नयाँलाई प्राथमिकता दिँदा गोकर्ण विष्ट
परेनन् सफल उर्जामन्त्री भनिएका गोकर्ण विष्टलाई किन सरकारमा नपठाएको भन्ने अर्को प्रश्नमा पोखरेलले सरकारमा गएका सबै नेताहरु सक्षम भएको बताए । ‘म के ठान्छु भन्दा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने राधा ज्ञवाली पनि राजनीतिक आन्दोलनको अनुभवी व्यक्ति नै हो’ पोखरेलले भने- ‘उहाँले लोडसेडिङलाई कसरी कम गर्न सकिन्छ भनेर वर्कआउट गरिराख्नुभएको छ र उहाँ आफैंले पनि सार्वजनिक रुपमा म सबैले अनुभव हुने गरी केही काम गरेर देखाउँछु भन्नुभएको छ । यसको प्रतिक्षा गरौं भन्ने लाग्छ ।’ अनुभवी व्यक्तिको नेतृत्वमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिने पार्टी निर्णयअनुसार सरकारको अनुभवका हिसाबले वामदेव गौतमबाहेक सबै नयाँ सदस्यहरु पठाइएको पोखरेलले बताए 

प्रधानन्यायाधीशको नियुक्ति : संविधान बलियो कि प्रचलन ?

प्रेमबहादुर सिंह, 

Prem-Bahadur-Singhपूर्वकानूनमन्त्री म अहिले कन्फ्युजनमा छु । न्यायरिषदले पहिले तीनजनाको नाम मात्रै प्रधानन्यायाधीशका लागि सिफारिस गरेर पठाउँथ्यो । अहिले पाँचजनाको नाम पठाएको छ । पहिले यसरी पाँचजनाको नाम पठाएजस्तो मलाई लाग्दैन । न्यायपरिषदलाई के लागेको होला भने पाँचैजना स्थायी न्यायाधीश हुनुहुन्छ, उहाँहरु सबै प्रधानन्यायाधीशका लागि योग्यतमै हुनुहुन्छ, त्यसैले सबैलाई पठाइदिऔं भनेर पठाइएको हो कि ? सिफारिसमा परेका मध्येबाट महिलालाई पनि प्रधानन्यायाधीश बनाउन संविधानतः मिल्छ । 

तर, कहिलेकाँहि प्रचलन पनि संविधान जत्तिकै बलियो हुन्छ । हाम्रो संविधानले यस्तो गर्नलाई रोक्दैन । तर, हामीले प्रचलनलाई नै जोड दिइरहेका छौं । बरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने परम्परालाई अहिले पनि संवैधानिक परिषदले तोड्ला भन्ने मलाई लाग्दैन । पुरानो परम्परालाई ब्रेक गरिन्छ जस्तो मलाई लाग्दैन । संविधानमा प्रधानन्यायधीशको नियुक्ति बरिष्ठताबाटै हुनुपर्छ भनिएको छैन । तर, व्यवहारिक प्रचलनमा वरिष्ठताका आधारमै गरिँदै आएको छ । बरिष्ठताकै आधारमा नगर्दा भोलि अर्को चलखेल हुन सक्छ । बरिष्ठलाई बनाउँदाखेरि मान्छेहरुलाई चलखेल गर्ने ठाउँ पनि हुँदैन र प्रश्न उठाउने ठाउँ पनि हुँदैन । 

यसमा योग्यताको प्रश्न उठ्दै उठ्दैन, किनभने बरिष्ठ आफैं योग्य हुँदै हो । बरिष्ठलाई प्रधानन्यायाधीश बनाउँदा चलखेल गर्ने आधारै हुँदैन । प्रधानन्यायाधीशको नियुक्तिमा बरिष्ठतालाई क्रस गर्नै नमिल्ने भन्ने होइन । तर, अहिलेसम्मको अनुभवमा भन्दाखेरि तपाईहरुले देख्नुभयो नि, बरिष्ठतालाई मिच्दा प्रहरीमा कसरी चलखेल भयो ? आइजीको भन्नुहोस् या एआइजीको भन्नुहोस्, स्थापित मान्यतालाई नमान्दा चलखेल भइरहेको छ । बरिष्ठतालाई नमान्दा एउटा घटना त सेनामै घट्यो । कटवालजीलाई हटाउँदा उहाँको कार्यकाल तीन महिना पनि बाँकी थिएन । यो प्रचलन अदालतमा पनि प्रवेश गर्न सक्छ । 

प्रधानन्यायाधीशको नियुक्तिमा विगतको अनुभव 
एकपटक विवाद उठेको थियो । ओमभक्त श्रेष्ठ प्रधानन्यायाधीश हुनेबेलामा मोहनराज शर्मा दोस्रो बरियतामा हुनुहुन्थ्यो । ओमभक्तको नागरिकतामा गडबडी छ भनेर प्रश्न उठ्यो । त्यसबेला गिरिजाबाबु विपक्षी दलको नेता हुनुहुन्थ्यो । यस्तो कुरामा म ओमभक्तलाई समर्थन गर्दिँन भनेर गिरिजाबाबुले बोलेको कुरा पत्रपत्रिकामा पनि आयो । बरियतालाई मिचेर मोहनराजलाई प्रधानन्यायाधीश बनाउने हो भने राम्रो सन्देश जाँदैन भन्ने हामीलाई लाग्यो । त्यसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । 

यस्तो अवस्थामा संवैधानिक परिषदको बैठक बस्यो । संवैधानिक परिषदमा न्यायाधीशको नियुक्तिमा कानूनमन्त्री पनि सदस्य हुने भएकाले म पनि सहभागी भएँ । त्यहाँ मैले गिरिजाबाबुलाई कुरा यसो हो भनेपछि उहाँले ओमभक्तलाई नै प्रधानन्यायाधीश बनाउने कुरा मान्नुभयो । ओमभक्तबारे पत्रपत्रिकामा आएको कुरा झुठा हो भनेर मैले सबै डकुमेन्ट देखाएपछि गिरिजाबाबुले मान्नुभयो । मोहनराजजी पनि ओमभक्तलाई बनाउँदा प्रधानन्यायाधीश हुनबाट वञ्चित हुने अवस्था थिएन । त्यसपछि ओमभक्तलाई नै प्रधानन्यायाधीश बनाउने निर्णय भयो र उहाँपछि मोहनराज प्रधानन्यायाधीश हुनुभो । 

न्यायाधीशको आचरण र कारवाही 
बरिष्ठको रोलक्रममा परेको मान्छे भ्रष्ट रहेछ भने त्यस्ता मान्छेका लागि त महाअभियोग छँदैछ नि । गलत आचरण भएको न्यायाधीशलाई कारवाही गर्नका लागि संसदले महाअभियोग लगाउन सक्छ । न्यायाधीशका गलत आचरणहरु छन् भने त्यस्ता कुरामा त महाअभियोग लगाउन सकिन्छ । सामान्यतयाः प्रधानन्यायाधीश भइसकेको मान्छे तुलनात्मक हिसाबले स्वच्छै हुन्छ । 

कमाइको हिसाबले पनि उसले भ्रष्ट हुनुपर्ने अवस्था हुँदैन । उनीहरुलाई राम्रै सुविधा पनि छ । अवकाश पाएपछि पनि उसलाई सुविधा छ । त्यसो हुनाले सामान्यतयाः आर्थिक स्वच्छता कायम राखेरै बस्छन् । न्यायाधीशहरुले अवकाशपछि पनि आर्थिक कष्ट भोग्नुपर्ने अवस्था रहँदैन । 

न्यायाधीश नियुक्तिमा चलखेल 
यसमा चलखेल त स्वाभाविकरुपमा हुन्छ । तर, प्रधानन्यायाधीशको नियुक्तिमा मैले स्थापित मान्यताहरुलाई दायाँ वायाँ हुन दिइँन । त्यसबेला बरिष्ठतालाई नै कायम राखियो । न्यायपरिषदमा प्रधानमन्त्रीले सदस्य राख्न पाउने व्यवस्था अनुसार पहिले बासुदेव ढुंगाना न्यायरिषदको सदस्य हुनुहुन्थ्यो । उहाँ पनि कुनै पार्टी नजिकको त हुनुहुन्थ्यो होला, तर उहाँमा पार्टीको छायाँ कहिल्यै परेन । यसरी प्रधानमन्त्रीले नियुक्त गर्ने प्रावधान अनुसार अहिले पनि न्यायापरिषदमा केही सदस्यहरु त्यसरी आउनुभएको छ । 

यसमा त प्रधानमन्त्रीले कस्तो मान्छेलाई छनोट गर्छ भन्ने कुरामा भर पर्छ ।जिल्ला न्यायाधीशहरु पार्टीको कोटामा नियुक्त भए भनियो । तर, कसैले पनि पार्टीको कोटा यति भनेर लिष्टका आधारमा न्ययाधीश नियुक्त गरेको होइन । मेरा पालामा न्यायाधीश नियुक्ति हुँदाखेरि म न्यायपरिषद र प्रधानन्यायाधीशलाई भन्ने गर्थें, पहिले मापदण्ड बनाऔं र अनुहार नहेरी मापदण्डका आधारमा न्यायाधीश छानौं । 

मापदण्ड निश्चित नगरिकन न्यायाधीश नियुक्त गरियो भने कोही एकदम माथि, कोही जुनियर पर्छन् । न्यायाधीशहरु नियुक्त भएपछि जसरी बल्खुमा गए, त्यसो गर्नुहुन्थेन । दलले पनि के बुझ्नु हुँदैन भने न्यायाधीश भइसकेपछि त्यो आफ्नो दलको हो । नियुक्त हुने न्यायाधीशले पनि आफू पार्टीको सिफारिसबाट न्यायाधीश बनेको हुँ भन्ने ठान्नु हुँदैन । उसले न्यायाधीशको कुर्सीमा बसिसकेपछि न्यायका सर्वमान्य सिद्धान्तलाई अनुशरण गर्नुपर्छ । 

कानून नपढेको मन्त्रीको भूमिका बढी प्रभावकारी 
मैले कानूनमन्त्री हुँदा धेरैजना प्रधानन्यायाधीशसँग काम गरें । तर, म कानूनी पृष्ठभूमिको मान्छे होइन । त्यहाँ प्रष्टसँग आफ्नो पोलिटिकल भिजन राख्ने हो भने अमान्य नहुँदोरहेछ । कानूनी पृष्ठभूमिको नभएको म तीनपटक कानूनमन्त्री भएँ । मैले आफ्ना कुराहरु स्पष्टसँग राखें । समस्या कस्तो हुँदोरहेछ भने कानूनी पृष्ठभूमि भएका जो साथीहरु कानूनमन्त्री बन्नुभएको छ, उहाँहरुलाई आफ्नो कुरा प्रष्ट राख्न गाह्रो हुँदोरहेछ । 

किनभने हिजो पनि न्यायाधीशलाई श्रीमान् भनेर वकालत गरेर बसेको, भोलि पनि त्यसै भन्नुपर्ने । हामी कानूनी पृष्ठभूमि नभएकाहरुलाई फ्याट्ट जनताको भावना अभिव्यक्त गर्न जति सजिलो छ, कानूनी पृष्ठभूमिबाट आएका मन्त्रीलाई त्यसो गर्न अप्ठ्यारो हुने स्थिति रहेछ । पेशाले पनि यस्तो हुँदोरहेछ । कानूनी पृष्ठभूमिबाट आएका कानूनमन्त्रीहरु कति सफल, कति असफल भन्ने इतिहासले पनि बताउँछ । 

ॠतुले ३ दिनमा सिड्नीबाट ३३ लाख कमायो

Ritu
अष्ट्रेलियामा बनेको नयाँ नेपाली सिनेमा ॠतुले ३ दिनमा ३३ लाख रुपैयाको ग्रस कमाउन सफल भएको छ। पहिलो दिनमा पहिलो पटक नेपाली सिनेमा गोल्ड क्लासमा देखाइएको थियो भने दोस्रो दिन र तेस्रो दिन भने बिशेष सोहरु गरिएको थियो। सबै शोहरु हाउस फुल रहेका यी शोहरु बाट ॠतुले सिड्नीबाट राम्रो ब्यापार गर्न सफल भएको छ। शुक्रबार र शनिबारको दिन सयौं दर्सकहरुको ओहिरो लागेको थियो, शनिबार मात्र ७ दर्जन भन्दा बढी दर्सकहरुलाई सिट उपलब्ध गराउन नसक्दा दर्सकहरु फर्किनु परेको थियो। पहिले भने अनुसार १० मार्च, सोमबार मात्र शो बाँकी रहेको थियो, 

तर आयोजकहरु दर्सकहरुको बाक्लो उपस्थिती र राम्रो प्रतिकृयाले गर्दा सिड्नीमा ३-४ शो अझै थप्ने कुरा गर्दै छन। सिड्नी लगायत अष्ट्रेलियाका १८ बिभिन्न शहरहरुमा समेत देखाइन लागेको छ, एती धेरै ठाउँमा यस् अघी कुनै पनि नेपाली सिनेमा देखाइएको छैन। यसरी हेर्दा ॠतुले अष्ट्रेलिया बाट राम्रो ब्यापार गर्ने र नेपाली सिनेमालाई नयाँ बजारको परिचय पनि गराउने पक्का भएको छ। ॠतु अष्ट्रेलिया बाहेक २ दर्जन देशहरुमा प्रदर्सन समेत गरिने लक्ष्य राखिएको छ। अष्ट्रेलिया लगत्तै ॠतु जापान, अमेरिका, न्यू जिल्यान्ड, स्पेन, पोर्चुगलमा देखाइने छ र अरु देशहरुमा पनि प्रदर्सन हुन थाल्ने जानकारी यस् सिनेमाका निर्देशक मनोज अधिकारीले जानकारी दिए ।

पशुपतिशमशेरलाई प्रधानमन्त्रीले भने- सरकारमा आउनुहोस्

२५ फागुन, काठमाडौं । 

susil-koiralaप्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाबीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले सरकारमा सहभागी हुन राणालाई आग्रह गरेका थिए । संविधानसभामा १३ सीट जितेको राप्रपाले सभासदको संख्याको आधारमा मन्त्रालय दिन आग्रह गर्दै आएको छ । 

उसले ५ सभासद भएको नेकपा मालेलाई सरह आफूहरुलाई पनि एकमात्र मन्त्रालय छुट्टयाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । भेटका क्रममा कोइराला र राणाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न सरकार उच्च प्राथमिकताका साथ अधि बढेको बताएका थिए । राप्रपा वर्तमान सरकारको पक्षमा मतदान गर्ने दल हो ।

४ सय नेपालीले मलेसिया आउँदा लागेको खर्च फिर्ता पाए

रामचन्द्र नेपाल 
२५ फागुन, क्वालालम्पुर । मलेसिया र खाडी मुलुकहरुमा श्रमका लागि जाने नेपाली कामदारले त्यहाँ जान लाखौं रुपैयाँ खर्च गर्नुपर्छ । म्यानपावर र दलालहरुलाई दिएको त्यही लाखौं रुपैयाँ कमाउन एउटा श्रमिकलाई झण्डै एक बर्ष बिदेशी भूमीमा पसिना चुहाउनुपर्छ । मलेसियाको एउटा कम्पनीले गरिव बिदेशी श्रमिकको यही ब्यथा बुझेर होला त्यहाँ जाँदा उनीहरुले खर्च गरेको रकम फिर्ता गरिदिएर उदाहरणीय र परोपकारी काम गरेको छ । 

क्वालालम्पुरवाट करिव एक घण्टा टाढा शाहआलमको सेक्सन १६मा रहेको पानासोनिक कप्पनीले आफ्ना करिव १ हजार श्रमिकलाई रकम फिर्ता दिएको हो । यसरी रकम फिर्ता पाउनेमा करिव ४ सय नेपालीहरु समेत रहेका छन । जसमध्ये नेपाली महिला श्रमिकको संख्या करिव ८५ रहेको छ । कम्पनीमा २००७ देखि २०१४ सम्म आएका श्रमिकहरुलाई आफुहरु आउँदा लागेको खर्च रकम सोधपुछ गरी र्फम भराएर फिर्ता दिईएको हो । जनवरीबाटै कम्पनीले एक र्फम भर्ने ब्यबस्था गरेर रकम फिर्ता लिने प्रकृया थाल्न श्रमिकलाई आग्रह गरेको थियो । जसअनुसार कम्पनीमा रहेका करिव १ हजार विदेशी श्रमिकले यस्तो र्फम भरेका थिए । 

सात वर्षदेखि सोहि कम्पनीमा कार्यरत चिन्तामणि त्रितालका अनुसार नेपाली श्रमिकहरुले ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म फिर्ता पाएका छन । ‘हामीले त यस्तो होला भनेर सपनामा पनि चिताएका थिएनौं’ पैसा फिर्ता पाएपछि दंग परेका त्रितालले अनलाइनखबरसँग भने । अर्का श्रमिक पवन खडकाले पनि ५० हजार रुपैयाँ भन्दा धेरै पाएको वताए । उनले थपेे-’नसोचेको काम कम्पनीले गरिदियो, सवै श्रमिकहरु दंग छन् ।’ वहुराष्ट्रिय कम्पनी पानासोनिकमा इलेक्ट्रोनिक सामानहरु उत्पादन हुन्छन् ।

Saturday, March 8, 2014

'जति धेरै खर्च, उति विकास'

ramsharan mahat२४ फागुन काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले दैनिक करिब ६७ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने योजना बनाएका छन् । सरकारको गत फागुन २२ गतेसम्मको खर्चप्रति असन्तुष्टि जनाउँदै मन्त्री महतले विनियोजित बजेट सतप्रतिशत खर्च गर्न मन्त्रालयहरुलाई निर्देशन दिइसकेका छन् । ramsharan mahat आर्थिक वर्ष २०७०/०७१ का लागि तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले पुँजीगत खर्चका लागि ८५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, आर्थिक वर्षको सात महिना २२ दिन वित्दा १८ अर्ब रुपैयाँ अर्थात् २० प्रतिशत रकम मात्रै खर्च भएको छ । 

यो खर्चप्रति डा. महतले असन्तुष्टि जनाएका हुन् । ‘विनियोजित बजेट जेठभित्रै खर्च गर्नुहोस्, असारमा झारा टार्न खर्च गर्ने होइन’ गत शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ठूला परियोजनाको प्रगति समीक्षामा सचिवहरुलाई निर्देशन दिँदै उनले भने -’सरकारको खर्च वित्तीय र भौतिकरुपमा सफल हुनुपर्छ ।’ उनको निर्देशनअनुसार यो आर्थिक वर्षमा आयोजना निर्माणका लागि सरकारसँग काम गर्ने जम्मा १ सय दिनमात्रै छ । तर, खर्च गर्ने रकम भने ६७ अर्ब रुपैयाँ छ । सरकारसँग भएको रकम जेठभित्रै खर्च गर्न दैनिक ६७ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ । 

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । यो वर्ष सरकारले ५.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । ‘जुन देशमा सरकारले खर्च गर्न सक्दैन, त्यो देशको आर्थिक विकासले गति लिँदैन । तपाईहरुले पाएको बजेट किन खर्च नगर्नुभएको ? काम गर्न नसकेका परियोजनाको बजेट रकमान्तर गरेर काम गर्ने संस्थालाई दिनुहोस् ।’ मन्त्रालयहरुलाई महतको निर्देशन छ । सरकारले जति बढी खर्च गर्‍यो, त्यति नै बढी मुलुकको विकास र आर्थिक वृद्धिदर बढ्नेमा महत विश्वास गर्छन् । आफू भौतिक र वित्तीय रुपमा भएको कार्यप्रगतिमा मात्रै विश्वास गर्ने बताउँदै यो वर्षदेखि असारमा झारा टार्ने गरी गरिने खर्च रोक्न उनको निर्देशन छ । 

असारमा गरिने खर्चले जनता लाभान्वित नभएको महतको ठम्याइ छ ।आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष ०६३/०६४ मा ९८ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल भएको उदाहरण दिए । डा. महत अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०५४/०५५मा मुलुकले हालसम्मकै उच्च -७.७ प्रतिशत) आर्थिक वृद्धिदर हासिल गरेको थियो । आर्थिक वृद्धि मुलुकको पहिलो आवश्यकता भएकाले यसमा सम्झौता गर्न नहुने उनको भनाइ छ । ‘आर्थिक वृद्धिका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ, तपाईहरु उपयुक्त प्रस्ताव लिएर आउनुहोस्, म राजनीतिकरुपमा खर्च गर्ने वातावरण मिलाउन तयार छु’ सचिवहरुलाई निर्देशन दिँदै उनले -’यो सरकारको योजना गुणस्तरीय काममा बजेट खर्च गरी जनतालाई राहतको महशुस गराउनु हो 

बागलुङमा ३६ किलो चेरशसहित चार जना पक्राउ

March 24, incident. Thirty kg of illegal drug interference person has been arrested four men. Mukunda -3 incident is ongoing municipal police arrested them Friday night. C 1 H No. 4967 of the 23-year-old Devi amuses Mira pandavakhani -1, corresponding sthanaki 28-year-old Love the assessment, 50 of the 26-year-old TIKABHAIRAB amuses and ranasinhakiteni -9 ZIP driver Arthur Gharti cerasasahita are arrested. Caswell advises them arrested while trying to carry out MONDAY, police said. Mira stalks three men were brought to nurture your own bag. MONDAY used to convey the police have been accused jipacalaka Gharti. Police arrested eKantipur homepage More research is being said about the person. According to the Drug Control Act 2050, since the police investigation committees Sheshkanta said. MONDAY large gang involvement in the smuggling police research, subtle and strong manner stating Gurung mentioned in the investigations. Ten-scale drug trafficking in person kejibhanda more two thousand years, 10 years imprisonment and Rs 15 million, the penalty could be a legal system is Rs. Getty - 

अब बेलुका ६ देखि ९ बजेसम्म लोडसेडिङ नहुने

March 24, Kathmandu. Most of the evening meals, pupils reading and watching news when the public vidyutbhara TKI deductions are now receive some relief. Energy Minister Radha Gyawali Saturday on the occasion of Human Rights International Women's Day -2070 held at the ECP girl Cassie said, "women working at home and pupils didibahiniharule reading and watching news in the near future when the evening from 6 to 9 pm vidyutbhara not cut system working. "As Minister CJ during his daily 12-hour challenge vidyutbhara being cut energy minister would also free to make the five-year plan to cut vidyutbhara country as aforesaid banaunatarpha makeup. Kanya Multiple Campus, organized the ECP program, Nepali Congress central member and the member Kamala Pant, UCPN - Maoist) member of the Central Shashi Shrestha, Nepal - Bimonthly built a central member, the National Women's Commission, the allure ansarilagayatale hunuparekale busy women compared to men in housework more backward said. They also rated The Woman's house, but The rise in The Labor Situation because right now, and work should Be Men and chair were both equal FOR emphasized. Getty 

त्रिभुवन विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमानमा आगलागी

Indigo Air२४ फागुन, काठमाडौ । इन्डिगो एयरलाइन्सको विमानमा आगलागी भएको छ । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ए ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो । आगलागीपछि विमानमा सवार एक सय ७४ जना यात्रुलाई आकष्मिक कक्षबाट सकुशल बाहिर निकालिएको छ । शनिबार मध्यान्ह १२ बजेर ३५ मिनेटको समयमा जहाजको पछाडिको चच्कामा आगो लागेपछि बारुण यन्त्रले तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको । 


आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ । विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थल कार्यालयको आकष्मिक बैठक बसिरहेको छ । बैठकपछि घटनाबारे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने बताइएको छ । शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो । विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाा इन्जिनमा आगो लागेपछि तत्कालै आकष्कि अवतरण गराउन सकेकाले ठूलो क्षति हुन पाएको थिएन ।

मलेसियन मन्त्रीले भने-विमान दुर्घटना भएको भनिएको स्थानमा केही भेटिएन

plane

२४ फागुन, काठमाडौं । मलेशियन एयरलाइन्सको विमान दुर्घटना भएको भनिएको दक्षिणी भियतानमा केही नभेटिएको मलेसियाका यातायातमन्त्री हिसामुद्दिन हुनसेनले बताएका छन् । भियतानको सञ्चार माध्यमहरुलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले विमान समुन्द्रमा दुर्घटना भएको बताएको थियो । तर, दुर्घटना भएको भनिएको स्थानमा केही नभेटिएको मन्त्रीले बताएका छन् । अहिले मलेशिया र भियतनामको जल क्षेत्रमा खोजी कार्यतिब्र पारिएको छ । 

जहाजमा सवार आफन्तको अवस्था बुझ्न बेइजिङ विमानस्थलमा पुगेकी एक महिला रूँदै

जहाजमा सवार आफन्तको अवस्था बुझ्न बेइजिङ विमानस्थलमा पुगेकी एक महिला रूँदै जहाजमा सवार आफन्तको अवस्था बुझ्न बेइजिङ विमानस्थलमा पुगेकी एक महिला रूँदै एमएच-३७० वोइङ ७७७-२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमान बिहान साढे ६ बजे बेइजिङ पुग्नुपर्ने थियो । तर, विभिन्न १३ मुलुकका २३९ जना चढेको उक्त विमान दुई घण्टापछि बेपत्ता भएको एयरलाइन्सले जनाएको छ । विमानमा १२ जना चालक दलका सदस्यसहित २३९ जना सवार थिए । सो विमानमा १३ देशका नागरिक चढेका थिए । उक्त विमानमा एक सय ५२ जना चिनियाँ, ३८ मलेसियन, १२ एन्डोनेशियन, सातजना अष्ट्रेलियन, तीन जना अमेरिकी, तीनजना फ्रान्स, दुई-दुई जना न्युजिल्याण्ड, युक्रेन र क्यानडाका नागरिक सवार थिए भने इटाली, टाइवान, नेदरल्याण्डस्, अस्टि्रयाका एक-एकजना नागरिक सवार रहेको वताइएको छ । मलेसिया एयरलाइन्सलाई एशियाकै ठूलो विमान कम्पनी मानिन्छ । यो एयरलाइन्सले संसारका ८० स्थानमा दैनिक ३७ हजार यात्रुहरु ओसार-पसार गर्दै आएको छ ।

जहाज दुर्घटना भएको खबर सुनेपछि शोकाकुल एक युवती

जहाज दुर्घटना भएको खबर सुनेपछि शोकाकुल एक युवती