Saturday, July 5, 2014

भारतमा पुरिएर ४ नेपालीको मृत्यु

जाजरकोट , असार २१ - भारतको हिमाञ्चल प्रदेश किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खार्ल भत्किंदा ४ नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ । विद्युत पावर हावसको माथिल्लो भागको मेसिनरी पर्खाल भत्किंदा जाजरकोट डाँडागाउँ-३, चिउरीका २२ वर्षीय पृथ्बी चनारा, १७ वर्षीय कबीराज चनारा, १९ वर्षीय मानराज चनारा र १८ वर्षीय ज्वाला चनाराको मृत्यु भएको हो । उनीहरु चारैजनाको पावरहावसको जग पुर्ने काम गरीरहेको बखत एक्कासी भत्केको पर्खाल मुनि पुरिएर मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताए । मृतकहरु एउटै गाउका दाजुभाइ हुन् र उनीहरु भारतको आस्था कम्पनीमार्फत गत जेठ पहिलो सातादेखि विद्युत पावर हाउसमा मजदुरी गर्दै आएका थिए ।

No comments:

Post a Comment