Sunday, July 13, 2014

पश्चिमी इलामको इभाङ्ग गाबिस पूर्ण साक्षर घोषणा

ibhang ilamराम योङ्हाङ / 
इलाम - पश्चिमी इलामको इभाङ्ग गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसका शतप्रतिशत मानिस पूर्ण रुपमा साक्षर भएपछि बुधबार स्थानीय इभाङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जोशीले इभाङ्गलाई पूर्ण साक्षर गाविस घोषणा गरेका हुन् ।् गाविसका एक हजार ३६ जना निरक्षरलाई तीन महिनाको साक्षरता कक्षामार्फत साक्षर बनाईएपछि इभाङ्ग पूर्ण साक्षर गाविस घोषणा भएको हो । १४ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धाहरु गणना नहुने भएकाले अन्य सबै साक्षर भईसकेकोले पूर्ण साक्षर गाविस घोषणा गरिएको गाविस सामाजिक परिचालक राम योङ्हाङ्ले बताए । इभाङ्गमा जिल्ला शिक्षा कार्यालय इलाम, गजुरमुखी सामुदायिक अध्ययन केन्द्र र गाविसले साक्षर नेपाल अभियान सञ्चालन गरेको थियो । अभियानका अन्र्तगत इभाङ्गमा गत १५ फागुनदेखि १५ जेठसम्म विभिन्न ३घ केन्द्रमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो । 

ती केन्द्रमा ३३ जना सहयोगी कार्याकर्ताहरुले कक्षामा सहजीकरण गरेका थिए । नेपाल सरकार शिक्षा मन्त्रालयले सन् २०१५ सम्ममा नेपाललाई पूर्ण साक्षर बनाउने लक्ष्यअनुसार सञ्चालित अभियानको क्रममा इभाङ्ग गाविसलाइ निर्ववाचन क्षेत्र नम्बर २ को तेश्रो साक्षर गाविस घोषणा गरिएको हो । घोषणा कार्यक्रममा गाविसस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, वडा नागरिक मञ्च, सहयोगी कार्यकर्ता, शिक्षक , विद्यार्थीलगायत दुई सय स्थानीयबासीको उपस्थिती थियो । आयोजक गजुरमुखी अध्ययन केन्द्रका अध्यक्ष भीम मुखियाको अध्यक्ष र इभाङ्ग माविका प्रअ राम जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका सुमन खनाल, एमालेका राजकुमार योङ्हाङ, शिक्षकका तर्फबाट दुर्गम प्राविका सुनिल योङ्हाङ, महिला सञ्जाल इभाङ्गकी अध्यक्ष राममाया लिम्बू, वडा नागरिक मञ्चका तर्फबाट वडा नम्बर ३ का तिलकबहादुर कार्की, गाविस प्राविधिक पुष्कर कार्किलगायतले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment