धेरै जसो मार्मक तथा भाबुक गित गाएर दर्शक तथा श्रोताहरूको मन जित्न सफल उनको पोहिलो एकल गिति संग्रह “छोरी” मा समेटिएको- (चिसो चिसो हावा सररररर) ले अझै उनको गायन क्षेत्रमा गतिलो इटा थप्न पुग्यो।
भनिन्छ, संघर्ष, निरन्तरता र मेहनेतले मानिस सफल हुन्छ।यहि उक्ती बाट गायिका थापाले संगितिक यात्रामा प्रबेश गर्दा बिभिन्न किसिमका अारोह अबरोहको चुनोैतीको सामना गरिन्। उनीले स्वर दिएको गित अरूको नामबाट बजार ब्याबस्थापन भएको घटनाको ताजा स्मरण गर्छिन्। अाफुले स्वर दिएको गिति एल्बम जह्याह पोइ र रूवायो साराले त्यति धेरै श्रोता तथा दर्शकको मन जित्न नसके पछी मुनाले लामो संधर्ष बोहोर्नु पर्यो। फल स्बरूप २०६६ मा एकल गिति एल्बम छोरी ले एका एका बजार तताए पछि मुनाको सर्बत्र चर्चा चल्न थाल्यो।
प्रत्यक्ष लोक दोहोरीमा अब्बल मानिने गायिका थापाले बिभिन्न चर्चित एल्बम मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा नयाँ अायाम थप्न सफल भएकी छिन्। उनको पछिल्लो एल्बम तिते करेलीले एक समय सम्पुर्ण दर्शक श्रोताको मन जित्न सफल भयो। तिमि राम्रो हाँसोले, साथै तिज गित तिम्रै लागी र कम्मर भाँचन जस्ता थुप्रै गितहरूले उनलाइ अझै शक्ति प्रदान गर्यो। मुना थापा मगर र राजु गुरूङ्को हालै बजारमा अाएको गिती एल्बम चरी बस्यो बरको डालीमा पनि बजारमा अाइसकेको छ। पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा देखा परेको बिकृतिलाइको बाबजुत पनि लोक सस्कृतीको जगेर्नाको तथा लोक पहिचानको कुनै कसुर बाँकी नराख्ने मुना साधरणतया अाफ्नै भेषभेषा, रितिरिवाज झल्कने खालको पहिरनमा प्रस्तुत हुने गर्छिन् ।
देशको अधिकांश जिल्लाहरूमा अाफ्नो प्रस्तुती देखाइ सकेकी मुनाले २० भन्दा माथी मुलुकमा पनि पुगिसकेका छिन्। कोरिया, हङकङ् र तेश्रो पटक यु.ए.इमा अगष्ट २२ मा अाउदै छिन्। स्टेज गित तथा रेकडिङमा ब्यस्त गायिका मुना थापामगरले विदेश र स्वदेशको कार्यक्रम तथा गीत रेकर्डबाट आउने पारिश्रमिकको बारेमा उनी खुलेर यति नै कमाएँ भन्न लजाउँछिन्। भन्छिन्, लोकगीतलाइ अाफ्नो जिबन ठान्दै, गित संगितले मलाई जति दिएको छ, पूर्ण सन्तुष्ट छु। अबिबाहित गायिका मुना ब्यस्थताले लगन गाँठो कस्न नभ्याएको बतााछिन्। लज्जाउदै लगन अाँउदा छेकेर छेक्न नसक्ने उनको तर्क छ।
No comments:
Post a Comment