Sunday, July 6, 2014

प्रशान्तको जागिर भारतीय सरकारले किन खायो

prashant-tamangकाठमाडौं, २० असार । पूर्व इन्डियन आइडल प्रशान्त तामाङ सेवाबाट बर्खास्त भएपछि अहिले भारतमा खैलाबैला भएको छ । चर्चित गाययक र अभिनेतासमेत रहेका तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेपछि यस्तो खैलाबैला भएको हो । कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको समाचार एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा खवर छापेको छ ।

पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको बताइएको छ । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए । इन्डियन आइडल भएपछि तामाङले गोर्खापल्टनलगायतका नेपाली चलचित्रमा पनि अभिनय गरेका थिए 

No comments:

Post a Comment