
निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।
शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो । ३२ फिटे जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको बताए । चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन गर्ने भएका छन् ।
No comments:
Post a Comment