Sunday, July 13, 2014

विश्वकप फुटबलमा नेदरल्याण्ड्सले तेस्रो स्थान हात पार्‍यो

काठमाडौं, आषाढ २९ । ब्राजिललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा भएको तेस्रो स्थानको प्ले अफ खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भयो । खेलमा नेदरल्याण्ड्सका लागि रविन भान पर्सीले पेनाल्टीमार्फत् पहिलो गोल गरे । यसपछि डाले ब्लीन्डले एक गोल गरेपछि मध्यान्तरसम्म नेदरल्याण्ड्सले २-० को अग्रता लियो । दोस्रो हाफमा पनि ब्राजिल खेलमा फर्कन सकेन ।
लगातार आक्रमण गरेको नेदरल्याण्ड्सका जर्जीनो विज्नाल्डुमले एक गोल थप्दै डच टोलीको ३-० को जीत सुनिश्चित गरे । यो हारले आयोजक ब्राजिलको पिडा झनै बढेको छ । सेमीफाईनलमा जर्मनीसँग ७-१ ले परजित भएको ब्राजिलले तेस्रो स्थानको प्ले अफ जित्दै घरेलु समर्थकलाई सान्त्वना दिन चाहेको थियो । तर शानदार प्रदर्शन गरेको नेदरल्याण्ड्स सामु उसको केही चलेन र चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो । योसँगै ब्राजिल सन् १९४० पछि पहिलो पटक आप्mनै मैदानमा लगातार दुई खेलमा पराजित भएको छ । - 

No comments:

Post a Comment