Saturday, July 5, 2014

७१ वर्षीया वृद्धा बलात्कृत

बुटवल, असार २१ - बुटवलमा ७१ वर्षिया वृद्धा बलात्कृत भएकी छन् । बलत्कारबाट जोगिन खोज्दा शरीरकमा चोटसहित वृद्धाको दाहिने हात भाच्चिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रिक्सा चलाउने पाल्पा रामपुर ४ का ३३ वर्षीय कुलबहादुर परियारलाई बलत्कारको आरोप लागेको छ । मंगलबार बिहान बुटवल ९ दीपनगरमा रहेको सभागृहमा रक्सीले मात्तिएका परियारले वृद्धाको दुवै हात बांधेर बलत्कार गरेका थिए । रगताम्य उनलाई अपरान्ह स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल पुर्याएको थियो । 

प्रहरी नायव उपरीक्षक दिनेशकुमार आचार्यले अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा जवरजस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान थालिएको बताए । वृद्धालाई महिला पुर्नस्थापना केन्द्र ओरेकको संरक्षणमा राखिएको छ । वृद्धाका अनुसार करिब ११ वर्षअघि श्रीमान् मरेपछि उनी दिनभर खाने खर्च जुटाउन काम गर्ने र रात परेपछि दीपनगर आसपासका मन्दिर, घर लगायतको ओत लागेर बस्ने गर्छिज । एक महिना यता सिद्धेश्वरीमा रहेको सभागृहको कोठा खाली भएपछि त्यही बस्न थालेकी थिइन् ।

No comments:

Post a Comment