ऋणको धितो रहेको ललितपुर जिल्लास्थित सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले १५ दिन म्याद तोकेको छ ।
पटकपटक ऋण लिएको रकम चुक्ता गर्न, नभए ब्याज मात्रै भए पनि बुझाउन ताकेता गर्दासमेत ढकालले बेवास्ता गरेका कारण घरजग्गा लिलामीमा राखिएको लालीगुराँस सहकारीले जनाएको छ । ऋण लिएको पहिलो वर्ष केही ब्याज बुझाएर सम्पर्कमा रहेपनि पछिल्ला केही वर्षदेखि उनी सम्पर्कविहीन बनेको सहकारीको दाबी छ ।
ढकालको घरजग्गाको हालको मूल्य करिब दुई करोड बराबर हुन्छ । लालीगुराँसलाई तिर्नुपर्ने रकम भने डेढ करोड बराबरको मात्रै छ ।
संस्थालाई डेढ करोड तिर्नुपर्ने भए पनि ढकालले ‘एक करोडभन्दा एक पैसा बढी नतिर्ने’ अड्डी राख्दै आएका छन् । ऋण लिएको रकम चुक्ता गर्न मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कुनै चासो नदेखाएको भन्दै सहकारीले यसअघि वैशाखमा पनि लिलामीको सूचनाको सूचना निकालेको थियो । तर, ढकालले त्यतिबेला क्षणिक रुपमा सल्टाएका थिए । त्यसता फेरि बेपत्ता भएपछि लिलामीको सूचना निकाल्न बाध्य भएको सहकारी स्रोतले जनाएको छ ।
No comments:
Post a Comment