बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर
नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा भएको सडक दुर्घट्नामा ३४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
कावासोतीबाट बुटलतर्फ जाँदै गरेको ९७६७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना३ख ४३२२ नम्बरको ट्रक ठोक्किएर दुर्घट्ना भएको हो। गाडीमै च्यापिएर रहेका ट्रक र बस चालकद्वयलाई १ घण्टापछि स्काभेटको मद्धतले उद्वार गरिएको थियो।
घाइतेहरुको स्थानीय मध्यविन्दु सामुदायिक स्मृति अस्पताल, नवलपुर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
No comments:
Post a Comment