Tuesday, July 15, 2014

घुस लिएको आरोपमा ३ इन्जिनियर अख्तियारको नियन्त्रणमा (भिडियोसहित)

चितवन, आषाढ ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मध्यमाञ्चल सिंचाइ विकास डिभिजन कार्यालय भरतपुरमा घुस लिएको आरोपमा तीन जना इन्जिनियर र एक जना लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । निर्माण व्यवसायीसँग घुस मागेपछि उनीहरुलाई सुराकीकोे आधारमा नगद ५ लाख २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको प्रगति निर्माण सेवा कम्पनीसँग मोटो रकम घुस मागेपछि सो कम्पनीका प्रतिनिधिले अख्तियारमा जानकारी गराएको स्रोतले जनाएको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट अधिकृत एवं सुरक्षा निकायका प्रहरी उपरीक्षकसहितको टोलीले कार्यालयमा छापा मारेको थियो । अख्तिायारले इन्जिनियर अधिकारीबाट १ लाख ५० हजार र २ लाख २८ हजार, पण्डितबाट २३ हजार, लामिछानेबाट एक लाख र लेखा अधिकृत तिमिल्सिनासँग रहेको २० हजार रुपैयाँ बरामद गरेको छ । डिभिजन प्रमुख रविन्द्रबहादुर थापाले भने शुक्रबारबाट बिदामा रहेकाले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएको बुझिएको छ

No comments:

Post a Comment