Tuesday, July 15, 2014

विश्वकप फुटबलको टिकट बिक्रीमा घोटाला भएको स्वीकार

काठमाडौं, आषाढ ३१ । विश्वकप फुटबलको टिकट बिक्रीमा घोटाला गरेको आरोप लागेका फिफाको साझेदार कम्पनी म्याच हस्पिटालीटीका प्रमुख रे ह्वेलानले आत्मसमर्पण गरेका छन् । ब्राजीलका न्यायाधीशसमक्ष आत्मसमर्पण गरेका रे ह्वेलानले गल्ती स्वीकारेका छन् । विश्वकप फुटबलका भीआइपी टिकट र पास बिक्री गरी करोडौं डलर घोटाला गरेको आरोपमा ह्वेलान र उनको कम्पनीको छानबिन भइरहेकै बेला ह्वेलान रियो दि जेनेरियोस्थित होटलबाट वकिलसहित फरार भएका थिए । फिफाको साझेदार कम्पनी म्याच हस्पिटालिटीले पछिल्ला चार संस्करणको विश्वकप फुटबलमा घोटाला गर्दै आएको दाबी गरिएको छ । भूमिगत गिरोहको सहयोगमा विश्वकपका हरेक संस्करणमा कम्तिमा ९० मिलियन अमेरिकी डलर बराबरको घोटाला हुँदै आएको बताइन्छ । ह्वेलानसँगै अरु ११ जना उच्च अधिकारीमाथि फिफाले छानबिन गरिरहेको छ । (एजेन्सी) 

No comments:

Post a Comment