Friday, July 11, 2014

तीनजना मारेको बदला लिन ९१ निर्दोषको हत्या

(एजेन्सी)– तीनजना इजरायली युवाहरुको मृत्यु पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूरा संसारको अगाडि यी युवाहरुको हत्याको बदला लिएरै छाड्ने धम्की दिएका थिए । उनले भनेका थिए कि चाहे जे सुकै होस् यी युवाहरुको हत्या गर्ने मानिसलाई खोजेर उनीहरुको मृत्युको बदला लिएर मात्र मर्नेछु । बदलाको यो कारवाहीमा अहिलेसम्म ९१ निर्दोष मानिसहरुको हत्या गरिसकिएको छ । इजरायलद्वारा गाजा पट्टीबाट रकेट हमला रोक्नका लागि दुई दिन पहिला सुरु गरिएको ‘अपरेसन प्रोटेक्टिभ एज’ मा अहिलेसम्म ९१ प्यालेस्टिनीहरु मारिएका छन् र ५०० जना भन्दा बढि घाइते भएका छन् । 

बिहिबार प्यालेस्टिनी अधिकारीहरुले उक्त घटनाको पुष्टि गरे र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संघर्षलाई जारी राख्ने बताएका छन् । समाचार एजेन्सी इफेका अनुसार, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ५६७ रहेको जसमध्ये २० जनाको अवस्था गम्भिर भएको बताएको छ । घाइते हुनेमा धेरैजसो महिला र बच्चाहरु भएको बताइएको छ । उता इजरायली सैनिक सूत्रका अनुसार बिहिबार इस्लामिक जेहादका तीन सदस्य पनि मारिएका थिए । गाजामा उनीहरुको कारलाई निशाना बनाइएको थियो । उत्तरी पट्टीमा हमास प्यालेस्टिनी मुभमेन्टका एक सदस्य पनि मारिएका थिए ।

No comments:

Post a Comment