ऋण तिर्न नसकेपछि सहकारीको भयो रामकृष्ण ढकालको घर
काठमाडौं, १५ असार । नेपाली सांगीतिक फांटमा केही वर्ष अघिसम्म एकछत्र राज गरेका रामकृष्ण ढकालको स्थिति यतिबेला आफैले गाएको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भनेजस्तै हुन पुगेको छ ।
भर्खरै मात्र उनले एक करोड ८० लाख ऋण लिएपछि समयमै भुक्तानी गर्न नसक्दा घर सहकारीलाई बुझाएका छन ।
यता रामकृष्णले भने ८० लाख बुझाइसक्दा पनि सहकारीले बदनाम गरेको प्रति दुखेसो व्यक्त गरेका छन् ।
यस्तै रामकृष्णले घर सहकारीलाई बुझाइसकेपनि उनले सो ऋण मिनाहा गर्न मन्त्रीको घरघरसम्म धाएको खबर पनि बाहिरिएको छ ।
तर, दौडधुप जति गरेपनि अहिलेसम्म ऋण मिनाहा भइ घर फिर्ता हुने कुनै संकेत भने देखिएको छैन ।
No comments:
Post a Comment