Saturday, July 12, 2014

मलेसियामा निशुल्क सागितिक कार्यक्रम हुने मलेसिया,

मलेसियामा रहेको टेलिकम कम्पनी डिजी र नेपालमा रहेको टेलिकम कम्पनी एनसेलको संयुक्त आयोजनामा मलेसियामा हरिराया चाडको अवसरमा निशुल्क सांगितिक कार्यक्रम हुन भएको छ । सो कार्यक्रममा नेपालका चर्चित गायक तथा कलाकारहरु निमा रुम्वा, जितु नेपाल, रामजी खाडँ, रिमा विश्वकर्मा का साथै मलेसियामा रहेका चर्चित नेपाली कलाकारहरुले समेत आफनो प्रस्तुति दिने भएका छन् । 

त्यसका अतिरिक्त उक्त कार्यक्रममा फुड फेस्टिवल पनि हुने भएको छ । नेपालीहरुले उत्पादन गरेका नेपाली खानाका परिकारहरु तथा अन्य वस्तुहरु समेत कार्यक्रम स्थलमा राखिने भएको आयोजकका सद्धस्य प्रेम पाण्डेले जानकारी गराएका छन् । कार्यक्रमको ब्यवस्थापन मलेसियामा लामो समय देखि इभेन्ट मेनेजमन्ेट गरिरहेको टपटेन इभेन्ट कम्पनीलगर्ने भएको छ । कार्यक्रममा फ्रि पासको व्यवस्था गरिएको छ । कार्यक्रम जोहोरवारुको वन्दराय स्टेडिएममा जुलाई २७ तारिख, क्वालालम्पुरको चिन्हो स्टेडिएममा जुलाई २८ तारिख र पेनाङमा जुलाई २९ तारिखमा हुनेछ ।

No comments:

Post a Comment