Thursday, June 26, 2014

सुआरेज चार महिना र नौ खेल प्रतिबन्धित

Suarez-teethरियो दि जेनेरियो, असार १२ - उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई फिफाले चार महिना फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । मंगलबार विश्वकपको समूह चरणको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेपछि २७ वर्षीय स्ट्राइकर सुआरेजलाई यस्तो कारवाही गरिएको हो । फिफाको अनुशासन कमिटीले खेलभावना विपरीत काम गरेको भन्दै सुआरेजमाथि प्रतिबन्धको निर्णय गरेको हो । सुआरेजलाई आगामी ९ अन्तर्राष्ट्रिय खेलको लागि समेत अयोग्य घोषित गरिएको छ । फिफाको नियमसँगै सुआरेजले उरुग्वेले विश्वकपमा अब खेल्ने खेलमा सहभागी हुन पाउने छैनन् । जारी विश्वकपको मसूह डी बाट उरुग्वे दोस्रो चरणको लागि छनौट भएको छ । विशपकपको अन्तिम प्रि क्वार्टरफाइनलमा उरुग्वेले शनिबार कोलम्बियासँग खेल्दैछ ।

No comments:

Post a Comment