Sunday, June 15, 2014

विश्वकपमा आज बेलुकी तीन खेल हुने, दुई खेल निकै रोमाञ्चक

काठमाडौं, आषाढ १ । विश्वकप फुटबलअन्तर्गत आज बेलुकी पौने १० वजे हुने खेलमा स्वीट्जरल्याण्ड र ईक्वेडर भिड्नेछन् । समुह ‘इ’ का यी दुई राष्ट्रमध्ये स्वीट्जरल्याण्ड युरोपेली समूहबाट तथा ईक्वेडर दक्षिण अमेरीकी समूहबाट विश्वकपमा छानिएका हुन् । छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको ईक्वेडर विश्वकपमा पनि त्यही लय दोहोर्‍याउने सुरुमा छ । स्वीट्जरल्याण्ड पनि यसपटक उत्कृष्ट फर्ममा रहेको बताईन्छ । यसै समूहको अर्को खेलमा राती पौने १ वजे फ्रान्स र होन्डुरस भिड्नेछन् । गत विश्वकपमा कमजोर प्रदर्शन गरेको फ्रान्स यसपटक फेरी १९९८ को सफलता दोहोर्‍याउने लक्ष्यका साथ ब्राजिल पुगेको छ । 

त्यतिबेला आप्mनै भूमिमा पहिलो पटक विश्वकपको उपाधि जितेको फ्रान्सले त्यसयताका दुई विश्वकपमा भने खराब प्रदर्शन गरेको छ । यसपटक भने युवाको बाहुल्य रहेको फ्रेन्च टोलीबाट धेरै आशा गरिएको छ । उता मध्य अमेरीकी समूहबाट विश्वकपमा छानिएको होन्डुरस पनि यसपटक निकै बलियो रहेको बताइन्छ । युरोपमा व्यवसायीक फुटबल खेलिरहेका विल्सन पालासियोस, एमिलियो ईजाक्वेरलगायतका खेलाडी होन्डुरसका मूख्य हतियार हुन् । विश्वकपअन्तर्गत समुह एफ को एउटा खेल भोलि विहान हुनेछ । नेपाली समय अनुसार पौने ४ वजे हुने खेलमा अर्जेन्टिना र बोस्नीया हर्सगोभिना भिड्नेछन् । 

लियोनल मेसी, एन्जल डि मारीया, सर्जीयो अगुएरो जस्ता खेलाडीले भरिएको अर्जेन्टिनालाई यसपटक उपाधि दावेदारको रुपमा हेरिएको छ । आप्mनै महादेशमा आयोजना भएको यो विश्वकपमार्फत् अर्जेन्टिना विश्व फुटबलमा अझ बलियोसँग स्थापित हुने प्रयासमा छ । दुई पटक विश्वकप जितेको अर्जेन्टिना सन् १९८६ यता पहिलो पटक विश्वकप जित्ने दाउमा छ । उता बोस्निया पनि स्वतन्त्र मुलुकको हैसियतमा सहभागि भएको पहिलो विश्वकपमै गाढा छाप छोड्न चाहन्छ । म्यान्चेस्टर सिटीका एडीन जेको र भेदाद ईबिसेभिच बोस्नियाका चर्चित र स्तरीय खेलाडी हुन् । 

जारी विश्वकपमा पहिलो पटक सहभागिता जनाउने एकमात्र राष्ट्र बोस्निया हो । उता विश्वकप फुटबलअन्तर्गतका पछिल्ला खेलहरुमा ईटाली, कोष्टारिका, कोलम्बिया र आईभोरी कोष्ट विजयी भए । समूह सी का खेलमा कोलम्बियाले ग्रिसलाई ३-० ले तथा आईभोरी कोष्टले जापानलाई २-१ ले पराजित गर्‍यो । यसैगरी समूह डी का खेलमा ईटालीले इंग्लण्डलाई २-१ ले हरायो भने कोष्टारिकाले उरुग्वेलाई ३-१ ले पराजित गर्‍यो । 

No comments:

Post a Comment