Sunday, June 1, 2014

गौर कारागारबाट कैदी फरार, प्रहरी जवान सम्पर्क बिहिन

जेठ १८, रौतहट रौतहटको गौर कारागारबाट एक भारतीय नागरिक सहित २ कैदी फरार भएका छन् । अस्पतालमा उपचारको लागी लगीएका कैदी फरार भएपछि एक प्रहरी जवान समेत सम्पर्क बिहिन छन् । कारागारका कैदी मोहम्मद जावेदलाई हिजो उपचारको लागी अस्पताल लगेकोमा त्यहीबाट फरार भएका हुन । त्यसपछि अर्का कैदी नबिनकुमार यादव फरार भए । 

जावेदलाई अस्पताल लैजाने प्रहरी जवान गौरी शंकर साह समेत सम्पर्क बिहिन छन । यादव अपहरण मुद्धामा ०६६ माघ ९ गते र जावेद लागु औषध ओसार पसारमा ०६७ चैत २९ गते देखी कारागारमा छन । घटना रहस्यमय भएकाले यथार्थ पत्ता लगाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

No comments:

Post a Comment