Monday, June 2, 2014

लोकेन्द्र बहादुर चन्दले सोमबार आफूलाई पार्टी अध्यक्ष घोषणा गरे

काठमाडौ, जेष्ठ १९ - नेतृत्वका लागि विवाद चुलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेता लोकेन्द्र बहादुर चन्दले सोमबार आफूलाई पार्टी अध्यक्ष घोषणा गरेका छन् । पूर्व सहमति अनुसार अध्यक्ष सुर्यबहादुर थापाको एक वर्षको अवधि सकिएको भन्दै चन्दले पार्टी कार्यालयमा आफ्ना समर्थकहरु माझ आफूलाई अध्यक्ष घोषणा गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र जशक्ति पार्टीबीच एक वर्ष भएको एकीकरणका बेला पहिलो वर्ष थापा, दोस्रो वर्ष चन्द, तेस्रो वर्ष पशुपति शमशेर राणा र चौथो वर्ष प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने सहमति भएको थियो । जेठ ६ गते थापाको एक वर्षको अवधि सकिए लगत्तै चन्द र लोहनी पक्षले उक्त सहमति कार्यान्वयनको माग गर्दै आएका थिए । 

थापाले पार्टीको वाषिर्कोत्सवपछि जेठ-१८ बाट अध्यक्ष छाड्छु भनेको तर उनले नछाडेपछि चन्द स्वतः अध्यक्ष भएको उनी पक्षीय केन्द्रीय सदस्य महेश्वर रोक्काले बताए । १ सय ७ सदस्यीय केन्द्रीय समितिमा ५३ जना चन्दको पक्षमा रहेको रोक्काले दावी गरे । चन्दको घोषणा कार्यक्रममा नेताहरु लोहनी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बलराम घर्तिमगर लागायतको उपस्थिति रहेको थियो । पार्टीका सह प्रवक्ता किरण गिरीले चन्दको स्वघोषणा बारे आफूहरुलाई केही जानकारी नभएको बताए । 'पार्टीको विधान र प्रक्रिया मिचेर चन्दजी त्यस्तो नगर्नुहोला,' गिरीले भने । यसैबीच थापा पक्षले आज १ बजे पार्टीको आकस्मिक बैठक बोलाएका छन् । स्रोतका अनुसार पार्टी भित्र अराजकता बढेको र पार्टी कार्यालयमा तोडफोड समेत गरिएकाले नेतृत्व छाड्ने घोषणा गरेको भएपनि थापालाई निरन्तरता दिने बैठकले निर्णय गर्नेछ ।  

No comments:

Post a Comment