अमेरिकाले भने घानालाई पराजित गरेको थियो । प्रिक्वार्टरफाइनल पुग्नका लागि दुवै टिमले कम्तीमा बराबरी गर्नुपर्नेछ ।
यता, नक आउट चरण प्रवेशको झिनो सम्भावना बोकेको पोर्चुगलले घानामाथि आधा दर्जन गोलको अन्तर बनाएरमात्र पुग्ने छैन अर्को खेलमा जर्मनी र अमेरिकाबीच पनि फराकिलो अन्तरको नतिजा आउनु पर्ने हुन्छ ।
राति पौने २ बजे समूह एच्का खेलमा दक्षिण कोरियाले बेल्जियमको तथा अल्जेरियाले रुसको सामना गर्नेछ । यो समूहबाट स्पष्ट दुई जितका साथ बेल्जियमले यसअघि नै प्रिक्वार्टरफाइनलमा ठाउँ पक्का गरिसकेका अवस्थामा बाँकी तीन टोलीबीच अन्तिम १६ मा पुग्नका लागि टक्कर हुनेछ ।
अल्जेरिया ३ तथा रुस १ अंकमा रहँदा यो खेलमा जित मात्र हासिल गरे अल्जेरिया अर्को चरणमा पुग्नेछ । तर रुसलाई भने फराकिलो जितको आवश्यकतामात्र पर्नेछैन बेल्जियम र दक्षिण कोरियाबीचको नतिजाले पनि साथ दिनु पर्नेछ ।
एक अंकबाट पुछारमा रहेको दक्षिण कोरिया गोल अन्तरमा कमजोर भएकाले पनि बेल्जियममाथि सामान्य जितले समेत अर्को चरण प्रवेशको सम्भावना कठिन बनेको छ । एसियाको एक शक्तिको रुपमा रहेको दक्षिण कोरियाले जारी प्रतियोगितामा भने कुनै चमत्कार देखाउन सकेको छैन ।
तर एसियाका बाँकी टिम एक जितसमेत दर्ता नगरी बाहिरिइसकेका अवस्थामा अन्तिम टिमका रुपमा रहेको दक्षिण कोरियामाथि नक आउट चरण प्रवेश गर्ने भरोसा कायमै छ ।
No comments:
Post a Comment