हाल कोइरालालाई खोकी वाहेक अन्य समस्या देखिएको छैन ।
'आज हामी शुशिल 'दा'को विकिरण चिकित्सा (रेडियो थेरापी)वाट गरिने उपचारको लागि योजना वनाउन चिकित्सकहरु संग भेटदै छौं', डा.योगीले भाइवरमा कान्तिपुर संग भने-'उहालाइ कति मात्रामा, कुन ठाउमा र कसरी विकिरण चिकित्सा गरिने हो आदि परिक्षण, योजना लगायतका प्रकृयामा ४/५ दिन लाग्न सक्छ ।' प्रधानमन्त्री लाई हाल अझ दुई साता सम्म अमेरिका वस्नु पर्ने प्रारम्भिक आकलन गरिएको डा.योगीले जनाए ।
७५ वषिर्य प्रधानमन्त्री कोइरालाको वास्तविक विकिरण चिकित्सा ४/५ दिन पछि शुरु हुन्छ । उक्त प्रकृया अनुसार फोक्सोको गाठोमा लक्षित (टारगेटेड) विकिरण चिकित्सा गरिने छ ।
यस अन्तर्गत फोक्सोमा भएको गाठो का कोषहरुलाई केन्दि्रत गरेर विकिरण दिइने छ । 'लक्षित विकिरण चिकित्साको शुद्घता अत्यन्त उच्च हुने भएकोले परिणाम समेत सन्तोषजनक हुने गरेको छ, पुनः दोहरिदैन', डा.योगी बताउछन ।
असार दुई गते अमेरिका उडनु अघि उपचारमा संलग्न नेपाली चिकित्सकहरुले प्रधानमन्त्रीको फोक्सोमा देखिएको सानो गाठो(नोडूल) क्यान्सर भए शल्यक्रिया कै प्रकृया अपनाईने जनाएका थिए । डा.योगीका अनुसार प्रधानमन्त्री लाई दिर्घकालिन दमको समस्याले गर्दा शल्यक्रिया नगरेर विकिरण चिकित्सा रोजिएको हो ।
स्रोतको अनुसार प्रधानमन्त्रीलाई शल्यक्रिया गरे पछि होसमा ल्याउनै गार्हो पर्ने आशंका रहेकोले उपचारमा संलग्न मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरका चिकित्सकहरु विकिरण चिकित्सालाई रोजेका हुन ।
'
प्रधानमन्त्रीको एउटा त उमेर अर्को धुमपान लगायतकाले गर्दा फोक्सोमा स-साना धेरै परिवर्तन देखिएकोले शल्यक्रिया गर्ने स्थिति थिएन', मुलुकमा उनको उपचार प्रकृयामा सघाएका एक जना रेडियोलजिष्टले भने-'शल्यक्रिया गरे पछि फोक्सोको क्षमतामा जुन कमी आउथ्यो त्यसले उनको सामान्य जीवन यापन हुने खालको स्थिति आउने थिएन ।'
'विकिरण चिकित्साले कस्तो परिणाम दिन्छ हाललाइ भने भन्न सकिने स्थिति छैन', एक जना विशेषज्ञले भने-'उपचार प्रति शरिरले देखाएको प्रतिक्रियालाई अध्ययन गरे पछि मात्र प्रधानमन्त्रीको अगामी दिनमा देखिने स्वास्थ्य स्थिति वारे भन्न सकिन्छ ।' कोइरालाले आफू पहिले देखी नै चुरोट, विडी, पान खाने गरेकोले जिव्रोको क्यान्सर भएको बताउदै आएका छन ।
No comments:
Post a Comment