Monday, June 2, 2014

प्यूठानको भिंगृबाट कृष्णनगर जादै गरेको बस गोठिवाङको लामाचौरमा भर्खरै दुर्घटना भएको छ

प्यूठान, जेष्ठ १९ - प्यूठानको भिंगृबाट कृष्णनगर जादै गरेको बस गोठिवाङको लामाचौरमा भर्खरै दुर्घटना भएको छ । स्वर्गद्वारीबाट तिर्थयात्री लिएर फर्किदै गरेको लु १ ख ३८०३ नम्बरको बस लामाचौरमा दुर्घटना भएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेर उद्धार गरिरहेका छन् । घटनामा दर्जन बढीको मृत्यु हुनसक्ने आशंका गरिएको छ । घाइतेको उद्धारका लागि जिल्ला अस्पतालबाट एम्बुलेन्स गएका छन् । बस सडकबाट १ सय मिटर तल माडी खोलामा खसेको प्रहरीले जनाएको छ । अहिले घाइतेको उद्धार भइरहेकाले मर्नेको यकिन नभएको जिल्ला प्रहरी प्रमुख दीपक रेग्मीले बताए ।

No comments:

Post a Comment