Sunday, June 1, 2014

फुटवलर पेलेका छोरालाई ३३ बर्षको जेल सजाय

जेठ १८, एजेन्सी ब्रजिलको एक अदालतले विश्व प्रसिद्ध फुटवल खेलाडी पेलेका छोरालाई लागुऔषधको अवैध कारोबारमा संलग्न भएको अभियोगमा ३३ बर्षको जेलसजाय सुनाएको छ । पूर्व फुटवल खेलाडी समेत रहेका ४३ बर्षीय इडिन्हो स्थानीय एक फुटवल क्लबमा गोलकिपरको कोचको रुपमा कार्यरत छन् । इडिन्होले आफू लागुऔषध दुव्र्यसनी भएपनि कारोबारी भने नभएको बताएका छन् । 

लागुऔषधको कारोबारमा संलग्न भएको अभियोगमा सन् २००५ मा उनी पहिलोपटक पक्राउ परेका थिए । इडिन्होले अदालतको पछिल्लो आदेशविरुद्ध अपिल गर्ने अनुमान गरिएको छ । ७३ बर्षीय पेलेले आफ्नो छोरो निर्दोष भएको भन्दै न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

No comments:

Post a Comment